टीभीएस रोनिनको विशेष संस्करण लन्च, यस्तो छ मूल्य र फिचर

टीभीएसले आफ्नो पहिलो क्रुजर मोटरसाइकल रोनिनको विशेष संस्करण लन्च गरेको छ । कम्पनीले मोटोसोल ५.० मा रोनिनको एगोन्डा एडिसन लन्च गरेको हो । जसको मूल्य १ लाख ३१ हजार भारु निर्धारण गरिएको छ ।

सो नयाँ संस्करण रोनिनको लिमिटेड संस्करण मध्येको पहिलो हो, जुन गोवाको एगोन्डा विचबाट प्रेरित छ । यसमा रेट्रो–शैलीको नीलो र रातो धर्का र सेतो हेडल्याम्प हाउजिङ भएको सेतो इन्धन ट्याङ्की जडान गरिएको छ ।

विशेष संस्करण भएपनि यसको फिचर र अन्य प्राबिधीक विशेषताहरु स्ट्यान्डर्ड संस्करणमा जस्तै छ । बाइकमा ब्लुटुथ कनेक्टिभिटीको साथ उहि पुरानै इन्स्ट्रयुमेन्ट कन्सोल उपलब्ध गराइएको छ ।

रोनिनमा २२५ सिसी, सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । यसले ७,७५० आरपिएममा २० बिएपची र ३,७५० आरपिएममा २० एनएम टर्क जेनरेट गर्दछ । इन्जिन स्लिपर र असिस्ट क्लच मार्फत ५–स्पिड गियरबक्समा जोडिएको छ ।

सम्बन्धित समाचारहरू

सिजन एक्सचेन्ज क्याम्पको, टीभीएस र यामाहाले ल्याए यस्तो एक्सचेन्ज अफर

सिजन एक्सचेन्ज क्याम्पको, टीभीएस र यामाहाले ल्याए यस्तो एक्सचेन्ज अफर

फेस्टिभल सिजनको सुरुवातसँगै अहिले विभिन्न टु ह्विलर कम्पनीहरु नयाँ नयाँ...

धनगढीमा प्रोटोन ईमासको नयाँ शोरूम सञ्चालन

धनगढीमा प्रोटोन ईमासको नयाँ शोरूम सञ्चालन

काठमाडौं – जगदम्बा मोटर्स अन्तर्गतको इलेक्ट्रिक सवारी साधन ब्रान्ड...

टीभीएस नेपालद्वारा नयाँ युगको आरम्भ योजना सार्वजनिक

टीभीएस नेपालद्वारा नयाँ युगको आरम्भ योजना सार्वजनिक

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...