फक्सवागनले ४५० किमी रेन्ज भएको सस्तो इलेक्ट्रिक कार ल्याउने
फक्सवागनले आफ्नो नयाँ आईडी टुअल इलेक्ट्रिक कारको कन्सेप्ट सार्वजनिक...
अहिले विश्वका अधिकांश राष्ट्रहरुले आफ्ना नागरिकलाई इलेक्ट्रिक भेइकल खरिदका लागि आह्वान गरिरहेका छन् । वातावरणमैत्री विशेषता भएको यस्ता सवारीसाधनको प्रवद्र्धन गर्न हरेक राष्ट्रले आफ्नो क्षमता अनुसार सहुलियत र छुटको व्यवस्था समेत मिलाएका छन् । जसका कारण यस्ता सवारीसाधनको माग विश्व बजारमा वृद्धि भैरहेको छ ।
नेपालको सन्दर्भमा भन्नुपर्दा यहाँको सरकारले इलेक्ट्रिक कारमा जडित मोटर क्षमताको आधारमा भन्सार र अन्तशूल्कमा छुट उपलब्ध गराइरहेको छ । कम्वस्चन इन्जिनयुक्त सवारीसाधनमा २५० प्रतिशतसम्म कर लगाउँदै आइरहेको सरकारले १०० किलोवाट क्षमताको मोटर जडित इभीमा भने जम्मा १५ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था मिलाएको छ । नगद सहुलियतको व्यवस्था मिलाउन नसकेपनि करमा छुट दिइएका कारण कम्वस्चन इन्जिन जडित कारको तुलनामा इलेक्ट्रिक कार निकै सस्तो पर्न गएको छ ।
इलेक्ट्रिक कारको प्रवद्र्धन गर्ने मामलमा युरोप र अमेरिका निकै अगाडी रहेको देखिन्छ । यी राष्ट्रले उपलब्ध गराउँदै आएको नगद सहुलियत र चार्जिङ पूर्वाधारको विकासका कारण पछिल्लो समय इलेक्ट्रिक कारमा रुची राख्ने ग्राहकको संख्या ह्वात्तै बढेर गएको छ । यी मुलुकका तीन राष्ट्र नर्वे, अमेरिका र नेदरल्याण्ड इभी पारखीका लागी उत्कृष्ट बजारका रुपमा स्थापित भएका छन् ।
नर्वे
नर्वेलाई इभी खरिदको हिसावले विश्वकै सर्वाधिक बजार मानिन्छ । यहाँ सन् १९९० देखीनै इभीको प्रवद्र्धन गर्ने निती लागु गरिएको थियो । यो देशका नागरिकले इलेक्ट्रिक कार खरिद गर्दा भ्याट वापत भुक्तानी गर्नुपर्ने २५ प्रतिशत कर मिनाहा पाउँदै आइरहेका छन् । यसको अतिरिक्त कार्वनडाईअक्साइड ट्याक्सका रुपमा तिर्नुपर्ने रकमलाई समेत ग्राहकले भुक्तानी गर्नु पर्दैन । जसका कारण नर्वेमा इलेक्ट्रिक कारको प्रयोग हरेक वर्ष बृद्धि भैरहेको छ । करमा छुटको साथै यहाँ विश्वकै उत्कृष्ट चार्जिङ पूर्वाधार समेत विकास गरिएको छ ।
अमेरिका
विश्वको सवैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकामा नयाँ इभी खरिद गर्न इच्छुक ग्राहकलाई ७ हजार ५ सय डलर सम्मको क्रेडिट सुविधा उपलब्ध छ । यसको अतिरिक्त विभिन्न स्टेटहरुले नगद छुट र सहुलियत समेत प्रदान गर्दै आइरहेका छन् । अमेरिकाले सेकेन्ड ह्यान्ड इभी खरिद गर्न चाहने ग्राहकले समेत ४ हजार डलरसम्मको क्रेडिट सुविधा दिँदै आइरहेको छ । यसरी राज्यबाटै क्रेडिट सुविधा पाउने भएपछि ग्राहकले समेत रुचीका साथ इभीको प्रयोगलाई वढवा दिइरहेका छन् । यी सुविधा वाहेक चार्जिङ पूर्वाधारको विस्तारलाई समेत राज्यले उत्तिकै जोड दिइरहेको छ । अमेरिका विश्व प्रख्यात इभी व्रान्ड टेस्लाको उद्गमस्थल समेत हो ।
नेदरल्याण्ड
नर्वे र अमेरिकापछि नेदरल्यण्डका ग्राहकले इभीको खरिदमा सवैभन्दा वढी सुविधा पाइरहेका छन् । यहाँ हरेक नयाँ इभी खरिदकर्ताले सहुलियत वापत ३ हजार ५ सय पाउन्ड पाउने गरेका छन् । यो सहुलियत सेकेन्ड ह्यान्ड इभी खरिदकर्तालाई समेत उपलब्ध रहँदै आएको छ । सेकेन्ड ह्यान्डको हकमा भने २ हजार पाउन्ड सहुलियत दिइन्छ । नगद सहुलियत वाहेक यहाँ विश्वले नै अनुकरण गर्न लायक चार्जिङ पूर्वाधार रहेको छ । देशभर ९० हजार हाराहारी चार्जिङ पूर्वाधार रहको जनाइएको छ ।
फक्सवागनले आफ्नो नयाँ आईडी टुअल इलेक्ट्रिक कारको कन्सेप्ट सार्वजनिक...
हस्कभर्नाको क्याफे रेसर बाइक भिट्पिलेन जस्तै स्टाइलमा चाइनिज कम्पनी एफके...
नेपाली बजारमा राम्रो पकड बनाइरहेको प्रोटोनको विद्युतीय कार ‘इमास७’ शोरुम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...