फागुनमा ह्वात्तै घट्यो विद्युतीय गाडीको आयात, ८ महिनामा भित्रिए ६,४३५ विद्युतीय गाडी
गत महिना ११ सय हाराहारी विद्युतीय गाडी भित्रिएको नेपाली बजारमा ईभी आयात...
नेपाली बजारमा राम्रो पकड बनाइरहेको प्रोटोनको विद्युतीय कार ‘इमास७’ शोरुम उद्घाटन अघिनै बुटवलमा १० युनिट बिक्री भएको छ । बुटवल–भैरहवाका लागि प्रोटोनको आधिकारिक विक्रेता बालजी ई–अटोमोबाल्सले आफ्नो शोरुम औपचारिक रूपमा उद्घाटन गर्नु अघि नै १० युनिट प्रोटोन इमास७ हस्तान्तरण गरेको हो ।
यस हस्तान्तरणले नेपालभरका ग्राहकबीच इमास७ को लोकप्रियता बढिरहेको पुष्टि गरेको प्रोटोनका नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सका बरिष्ठ उपाध्यक्ष राजु भेटवालले जानकारी दिए ।
आकर्षक लुक्स र नेपाली बाटो सुहाउँदो विशेषताका कारण ईमास७ नेपालमा सफल बनिरहेको उनको भनाई छ । ‘शोरुम उद्घाटन हुनु अघि नै बुटवलका १० परिवारहरूले आफ्नो प्रोटोन इमास ७ घर लैजाने अवसर पाउनु हाम्रो लागि गौरवको क्षण हो । यसले नेपाली ग्राहकहरूले विश्वस्तरीय प्रविधि, सुरक्षा, सुविधा र हाम्रो ग्राहकलाई प्राथमिकता दिने नीतिलाई थप प्रमाणित गर्दछ’ उनले भने ।
शुन्य प्रतिशत ब्याजदरमा वित्तीय सुविधा, उत्कृष्ट वारेन्टी र भरपर्दो सेवा सञ्जालजस्ता आकर्षक अफरहरू सहित प्रोटोनले नेपाली परिवारहरूका लागि ईभीको स्वामित्वलाई अझ सजिलो र भरपर्दो बनाउन लक्ष्य राखेको छ । चीनको अग्रणी ईभी निर्माता जीलीको संयोजनमा बनेको प्रोटोन इमास ७ ले आधुनिक डिजाइन, उच्चस्तरीय सुरक्षा र स्मार्ट सुविधाहरूलाई एकीकृत गर्दै नेपालका इभी पारखीहरुको उत्तम साथी बनेको छ ।
गत महिना ११ सय हाराहारी विद्युतीय गाडी भित्रिएको नेपाली बजारमा ईभी आयात...
गरुड सेक्युरिटिजले एकैदिनमा नियू ब्रान्डको १० थान गोभा ०५ इलेक्ट्रिक...
काठमाडौं – मेगा मोटर्सले नेपाली बजारमा नयाँ इलेक्ट्रिक पिकअप भित्र्याउने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...