धरानमा बिपुल क्षेत्रीको कन्सर्टबीच टीभीएस एनटर्क १५० सार्वजनिक

धरान - नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले धरानमा नयाँ टीभीएस एनटर्क १५० स्कुटर सार्वजनिक गरेको छ। चर्चित गायक बिपुल क्षेत्रीको कन्सर्टका बीच स्कुटर सार्वजनिक गरिएको हो।

कार्यक्रममा टीभीएसका ग्राहक, सञ्चारकर्मी, कन्टेन्ट क्रियटर, डिलर तथा अतिथिको सहभागिता रहेको थियो। गायक बिपुल क्षेत्री, पारस अटोमोबाइल–टीभीएस इटहरीका प्रबन्ध निर्देशक पौरख लुइँटेल र जगदम्बा मोटर्सकी वरिष्ठ बजार व्यवस्थापक करुणा पुडासैनीले संयुक्त रूपमा स्कुटर सार्वजनिक गरेका हुन्।

एनटर्क १५० मा १४९.७ सीसी क्षमताको एयर कुल्ड इन्जिन जडान गरिएको छ। उक्त इन्जिनले ७ हजार आरपीएममा १३.२ पीएस पावर र ५ हजार ५०० आरपीएममा १४.२ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ। स्कुटरले शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति ६.३ सेकेन्डमा लिन सक्ने र यसको अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको छ।

लडाकु विमानबाट प्रेरित डिजाइनमा तयार गरिएको स्कुटरमा प्रोजेक्टर हेडलाइट, एरोडाइनामिक विङ्गलेट, जेट विमानबाट प्रेरित भेन्ट, कलर अलोय ह्विल, नेक्ड मोटरसाइकल-स्टाइल ह्यान्डलबार र ‘टी’ आकारको पछाडिको बत्ती राखिएको छ।

स्कुटरमा टीभीएसको स्मार्ट कनेक्ट प्रविधिसहित ५० भन्दा बढी कनेक्टेड फिचर उपलब्ध छन्। बाटो देखाउने नेभिगेसन, पार्क गरेको स्थान पत्ता लगाउने, फोन तथा मेसेजको सूचना र विभिन्न राइडिङ मोडलगायतका सुविधा यसमा रहेका छन्।

सुरक्षा र सहजतालाई ध्यानमा राख्दै एनटर्क १५० मा सिङ्गल च्यानल एबीएस, ट्र्याक्सन कन्ट्रोल, ह्याजार्ड ल्याम्प र फलो–मी हेडल्याम्प राखिएको छ। टेलिस्कोपिक सस्पेन्सन, एडजस्टलेभल ब्रेक लिभर, पेटेन्टेड इ–जेड सेन्टर स्ट्यान्ड तथा २२ लिटर क्षमताको सिटमुनिको स्टाेरेजसमेत रहेको कम्पनीले जनाएको छ।

टीभीएस एनटर्क १५० स्टिल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लु गरी तीन रंगमा उपलब्ध छ। यसको प्रारम्भिक मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ। स्कुटर नेपालभरका जगदम्बा मोटर्सका आधिकारिक बिक्रेतामार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ।

जगदम्बा मोटर्सकी वरिष्ठ बजार व्यवस्थापक करुणा पुडासैनीले एनटर्क १५० मार्फत प्रदर्शन, प्रविधि र डिजाइनमा नयाँ अनुभव दिने उद्देश्य रहेको बताइन्। धरानमा बिपुल क्षेत्रीको कन्सर्टका बीच स्कुटर सार्वजनिक गर्न पाउनु विशेष रहेको बताउँदै उनले युवापुस्तामाझ यसको आकर्षण बढ्ने विश्वास व्यक्त गरिन्।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...