चांगान बन्यो ३ करोड गाडी उत्पादन गर्ने पहिलो स्वतन्त्र चिनियाँ अटो निर्माता कम्पनी

यसै साता चांगानको ३ करोडौं कार चीनस्थित उत्पादन लाइनबाट रोल आउट भयो । सन् १९८३ मा अटोमोबाइल उद्योगमा प्रवेश गरेको चांगान यो उपलब्धि हासिल गर्ने पहिलो स्वतन्त्र चिनियाँ अटो निर्माता कम्पनी बनेको हो । चांगानलाई दुई करोडको माइलस्टोनबाट तीन करोडसम्म पुग्न मात्र ४ वर्ष लागेको थियो जुन चांगानका लागि ऐतिहासिक उपलब्धि हो ।

पाँच सब ब्रान्डसहितको चांगानको बढ्दो प्रभाव
चांगानसँग हाल अवतार, निभो, दिपल, चांगान र चाइचेङ गरी पाँच सब ब्रान्ड रहेका छन् जसले कम्पनीलाई बिग फोरमा उभ्याएको छ । गएको जुलाई २९ मा ठूलो संरचनागत परिवर्तन हुँदै चाइना चांगान अटोमोबाइल ग्रुप कम्पनी लिमिटेडका रुपमा एउटा राज्य स्वामित्वको कम्पनी बनाइएको थियो जुन अब चीन सरकारको प्रत्यक्ष व्यवस्थापन अन्तर्गत छ । यसअघि एफएडब्लु र डोङफेङ पनि पूर्ण रुपमा सरकार नियन्त्रित अटोमेकर हुन् ।

पहिलो प्रेस ब्रिफिङमा अध्यक्ष झु हुआरोङले सन् २०३० सम्ममा ५० लाख सवारी उत्पादन तथा बिक्री लक्ष्य राखेको बताए । यसमा ६० प्रतिशतभन्दा बढी न्यु इनर्जी भेइकल र ३० प्रतिशतभन्दा बढी विदेशी भूमिमा विक्री हुनेछ ।

अन्य कम्पनीसँग तुलना
यसै वर्ष चीनमा एसएआईसी–जीए–वुलिङ र एफएडब्लु–फक्सवागनले पनि तीन करोड सवारी उत्पादनको माइलस्टोन हासिल गरेका थिए । चांगानले करिब ४० वर्षमा यो उपलब्धि हासिल गरेको थियो भने फक्सवागनलाई ४६ वर्ष लागेको थियो । गत नोभेम्बरमा चांगानले २ लाख ८३ हजार कार विक्री गरेको थियो जुन वार्षिक आधारमा २.३ प्रतिशतले बढी हो । यसमा एक लाख २५ हजार न्यु इनर्जी भेइकल (अघिल्लो भन्दा २३ प्रतिशतले बढी) र ५५ हजार विदेशी भूमिमा विक्री (अघिल्लोभन्दा ४७ प्रतिशतले बढी) भएको हो ।

भावी योजना
ग्वाङझाउ अटो शोमा चांगानले २०३० सम्ममा ५० भन्दा बढी न्यु इनर्जी भेइकल मोडल ल्याउने घोषणा गरेको थियो । यी सबै मोडेल टियांशु इन्टेलिजेन्ट आर्किटेक्चरमा आधारित हुनेछन् र यसमा साना एसयूभी, मध्यदेखि ठूला एमपीभी र अफरोडरहरु पनि रहनेछन् । गएको महिना १४,०५७ युनिट अवतार, ३३,०६० युनिट दिपल र ४६,९०९ युनिट निभो रहेका छन् । यसैबीच, दिपलको कुल डेलिभरी ७ लाख युनिट पुगेको छ ।

सम्बन्धित समाचारहरू

नामी ईभीमा आयो ‘फाइभ स्टार अफर’, यस्ता छन् आकर्षण

नामी ईभीमा आयो ‘फाइभ स्टार अफर’, यस्ता छन् आकर्षण

काठमाडौं– डोङफेङ नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले...

नेपाल चेम्वर एक्सपोमा जेरो एमिसन राइड एनको विशेष अफर, स्कुटर किन्दा सिधै २० हजार छुट

नेपाल चेम्वर एक्सपोमा जेरो एमिसन राइड एनको विशेष अफर, स्कुटर किन्दा सिधै २० हजार छुट

काठमाडौं–जेरो एमिसन राइड एनले आजदेखी भृकुटीमण्डपमा आयोजना हुने आँठौ...

इभी एक्सपोमा सहभागी हुँदैछन् ८ व्रान्डका गाडी र १६ व्राण्डका इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर

इभी एक्सपोमा सहभागी हुँदैछन् ८ व्रान्डका गाडी र १६ व्राण्डका इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर

नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले पहिलोपटक इभी एक्सपो आयोजना गर्दैछ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...