एक्सकन २०२५ मा जेके टायरले सार्वजनिक ग-यो तीन नयाँ ओटीआर टायर

भारतको अग्रणी टायर निर्माता कम्पनी जेके टायर एण्ड इन्डष्ट्रिज लिमिटेडले दक्षिण एसियाको सबैभन्दा ठूलो कन्स्ट्रक्सन इक्विपमेन्ट ट्रेड फेयर सीआईआई एक्सकन २०२५ मा चार नयाँ अफ–द–रोड (ओटीआर) टायर सार्वजनिक गरेको छ। सो प्रदर्शनी बैंगलोर इन्टरनेसनल एक्जिबिसन सेन्टर (बीआईईसी), बैंगलोरमा भइरहेको छ।

यी नयाँ उत्पादहरू कम्पनीका निर्देशक (आरएन्डडी) डा. आर. मुखोपाध्यायले सार्वजनिक गरेका हुन्। यी टायरहरूको प्रस्तुतिसँगै जेके टायरले निर्माण तथा खानी क्षेत्रमा नवीनता र उन्नत प्रविधिप्रति आफ्नो प्रतिबद्धता थप मजबुत बनाएको छ।

प्रदर्शनीमा कम्पनीले स्काई ग्रिप नामक आफ्नो नयाँ टायर सार्वजनिक गरेको छ, जो एरियल वर्क प्लेटफर्म (एडब्लुपीज) र बुम लिफ्टका लागि विशेष रूपमा डिजाइन गरिएको हो । ३५५/५५डी६२५ स्काई ग्रिपले उचाइमा काम गर्दा स्थिरता, ट्र्याक्सन र सन्तुलित प्रदर्शन प्रदान गर्ने दाबी गरिएको छ। यो टायर आर्टिकुलेटेड तथा टेलिस्कोपिक बुम लिफ्ट, टेलिह्यान्डलर तथा रफ–टेरेन एरियल प्लेटफर्मसँग उपयुक्त मानिन्छ।

निर्माण र खानी सञ्चालनका लागि तीन नयाँ ओटीआर टायर

जेके टायरले अन्य तीन नयाँ ओटीआर टायर पनि प्रदर्शनीमा प्रस्तुत गरेको छ, जसमा १४.००–२५ जीटीएल प्लस ब्याकहो लोडरका लागि विकास गरिएको हो । यो बारम्बारको लोडिङ–एक्स्काभेसन सञ्चालनमा मजबुत स्थिरता र टिकाउ प्रदान गर्न डिजाइन गरिएको छ ।

२३.५–२५ जीटीएल प्लस भेरिएन्ट ह्विल लोडरको सपोर्टका लागि डिजाइन गरिएको छ र यसले चुनौतीपूर्ण सतहमा ट्र्याक्सन र सहनशक्ति बढाउने उद्देश्य लिएको छ । त्यसैगरी अन्डरग्राउन्ड माइनिङका लागि उपयुक्त १४.००–२० भीईएम एएस–यूजीलाई भूमिगत रुपमा आवश्यक पर्ने खानी र अन्य स्थानमा उपयुक्त हुने गरी घर्षणयुक्त वातावरण र कठोर ड्युटी साइकल सामना गर्न सुदृढ केशिङ तथा विशेष कम्पाउन्डयुक्त बनाइएको छ ।

भारतमा सबैभन्दा ठूला ओटीआर टायर विकासदेखि लिएर उन्नत मोबिलिटी समाधानसम्म काम गर्दै आएको जेके टायरले मागअनुसारको प्रदर्शनमा केन्द्रित विस्तृत पोर्टफोलियोका माध्यमबाट उद्योग तथा खानी क्षेत्रमा आफ्नो उपस्थिति निरन्तर बलियो पार्दै आएको बताएको छ ।

जेके अर्गनाइजेसनको फ्ल्यागशिप कम्पनी जेके टायर एण्ड इन्डष्ट्रिज लिमिटेड विश्वका शीर्ष २० टायर निर्माता कम्पनीमध्ये एक हो। कम्पनीका भारतमा ९ र मेक्सिकोमा २ गरी कुल ११ अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपका ‘सस्टेनेबल’ उत्पादन कारखानाहरू छन्, जसले वार्षिक करिब ३ करोड ५० लाख टायर उत्पादन गर्छन्। भारतमा रेडियल प्रविधिको प्रर्वतक मानिने यस कम्पनीले आफ्नो पहिलो रेडियल टायर सन् १९७७ मा उत्पादन गरेको थियो।

नेपालमा पनि जेकेका ओटीआर टायर डेल्टा डिष्ट्रिब्युटरले उपलब्ध गराउँदै आएको छ । यस अनुसार भविष्यमा यी नयाँ मोडलका ओटीआर टायर समेत नेपालमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

१० हजार किमीसम्मको लाइफ भएको अनौठो पारदर्शी टायर

१० हजार किमीसम्मको लाइफ भएको अनौठो पारदर्शी टायर

अटोमोबाइल इन्डस्ट्रिजको साथै टायर इन्डस्ट्रिजमा पनि क्रान्तिकारी...

मिशेलिनले पोलिमर टायर ल्याउने

मिशेलिनले पोलिमर टायर ल्याउने

फ्रेन्च टायर तथा मोबिलिटी कम्पनी मिशेलिन ग्रुप टायर उत्पादन प्रक्रियामा...

बालकुमारीमा खुल्यो सिएट टायरको नयाँ शोरुम ‘सिएट सप’

बालकुमारीमा खुल्यो सिएट टायरको नयाँ शोरुम ‘सिएट सप’

नारायणी अटो बिजनेस प्रालिले ललितपुरको बालकुमारीमा सिएट टायरको नयाँ शोरुम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...