कन्टिनेन्टलको नयाँ पुस्ताको अल–टेरेन टायर क्रसकन्ट्याक्ट ए/टी२ नेपालमा सार्वजनिक

काठमाडौं । कन्टिनेन्टलको नयाँ पुस्ताको अल–टेरेन टायर क्रसकन्ट्याक्ट ए/टी२ (The CrossContact A/T²) नेपाली बजारमा सार्वजनिक भएको छ। कन्टिनेन्टल टायर्सको नेपालका लागि आधिकारिक वितरक डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले यो टायर नेपाली बजारमा ल्याएको हो।

क्रसकन्ट्याक्ट ए/टी२ लाई अनरोड आराम, अल–टेरेन क्षमता, टिकाउपन र बलियो ट्र्याक्सनको संयोजनका रूपमा विकास गरिएको कम्पनीले जनाएको छ। यो टायर आधुनिक एसयूभी, फोर ह्विल ड्राइभ तथा उपयुक्त विद्युतीय एसयूभीका लागि लक्षित गरिएको छ।

यो टायर जनवरी २०२६ मा भारतमा सार्वजनिक गरिएको थियो। कन्टिनेन्टलका अनुसार भारत विश्व बजारमध्ये नयाँ पुस्ताको यो टायर प्राप्त गर्ने सुरुवाती बजारमध्ये एक हो।

नेपाली सडकका लागि उपयुक्त हुने दाबी

नेपालको सडक सञ्जालमा राजमार्गदेखि कच्ची सडक, ग्राभेल ट्र्याक तथा पहाडी बाटोसम्म विविध अवस्था देखिन्छ। त्यसमाथि मौसमअनुसार सडकको अवस्था पनि परिवर्तन हुने भएकाले एसयूभी तथा फोर ह्विल ड्राइभ प्रयोगकर्ताका लागि विभिन्न भूभागमा राम्रो प्रदर्शन गर्ने टायरको आवश्यकता रहने गरेको छ।

यही अवस्थालाई ध्यानमा राख्दै क्रसकन्ट्याक्ट ए/टी२ नेपाली बजारका लागि पनि उपयोगी हुने डेल्टा डिस्ट्रिब्युटर्सको अपेक्षा छ। यो टायर ग्राभेल, हिलो, बालुवा, भिजेको सडक तथा चट्टानी भूभागमा प्रयोग गर्न सकिने गरी विकास गरिएको कम्पनीले जनाएको छ।

नयाँ टायरमा बढी ट्रेड डेप्थ, गहिरा बाइटिङ एज तथा कडा ट्रेड ब्लक प्रयोग गरिएको छ। यसले ह्यान्डलिङ सटीकता र सवारीसाधनको स्थिरता सुधार गर्न सहयोग गर्ने कन्टिनेन्टलको दाबी छ।

त्यस्तै, उच्च ‘भोयड’ भएको ट्रेड डिजाइनले हिलो, पानी तथा खुकुलो सतहमा राम्रो पकड बनाउन सहयोग गर्ने बताइएको छ। खुला सोल्डर डिजाइनका कारण टायरमा जम्मा भएको माटो तथा अन्य सामग्री आफैं हटाउन पनि सहज हुने कम्पनीको भनाइ छ।

अफरोड प्रयोगका लागि बलियो निर्माण

क्रसकन्ट्याक्ट ए/टी२ मा सोल्डर तथा साइडवाललाई थप मजबुत बनाइएको छ। यसले ढुंगा तथा असमान भूभागमा हुने सम्भावित ठक्करबाट टायरलाई जोगाउन सहयोग गर्ने बताइएको छ।

ट्रेड डिजाइनले ढुंगा अड्किने तथा कट एन्ड चिप क्षति कम गर्ने गरी काम गर्ने कम्पनीले जनाएको छ। यसका कारण कठिन भूभागमा नियमित रूपमा एसयूभी वा फोर ह्वील ड्राइभ प्रयोग गर्ने ग्राहकका लागि यो टायर उपयोगी विकल्प बन्न सक्ने देखिन्छ।

ईभीका लागि पनि लक्षित

क्रसकन्ट्याक्ट ए/टी२ लाई विद्युतीय एसयूभीमा समेत प्रयोग गर्न मिल्ने गरी विकास गरिएको छ। विद्युतीय सवारीसाधनको तुलनात्मक रूपमा बढी तौल, तत्काल उपलब्ध हुने टर्क तथा शान्त ड्राइभिङ अनुभवलाई ध्यानमा राख्दै टायरको निर्माण र प्रदर्शनलाई सन्तुलित गरिएको कन्टिनेन्टलले जनाएको छ।

डेल्टा डिस्ट्रिब्युटर्सले यो टायरमार्फत नेपालका एसयूभी, फोर ह्विल ड्राइभ, विद्युतीय एसयूभी तथा एडभेन्चर ड्राइभिङमा रुचि राख्ने ग्राहकलाई कन्टिनेन्टलको नयाँ पुस्ताको टायर प्रविधि उपलब्ध गराउने जनाएको छ।

क्रसकन्ट्याक्ट ए/टी२ दैनिक सडकमा आरामदायी प्रदर्शनसँगै अफरोड क्षमता र विद्युतीय एसयूभीसँगको अनुकूलतालाई सन्तुलनमा राख्ने टायरका रूपमा बजारमा प्रस्तुत गरिएको छ।

यो टायर नेपालमा कन्टिनेन्टल टायर्सको आधिकारिक वितरक डेल्टा डिस्ट्रिब्युटर्स प्रालिमार्फत उपलब्ध हुनेछ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...