टाइम्स मोटर्सले पुरा ग-यो ३ वर्ष, थप जिम्मेवारीका साथ कार्य गर्ने प्रतिबद्धता

काठमाडौं – टाइम्स मोटर्सले ३ वर्ष पुरा गरेको छ । टाइम्स मोटर्सले हाल नेपालमा इसुजु गाडीको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजको काठमाडौंका लागि डिलरको रुपमा कार्य गरिरहेको छ भने भल्वो हेभी इक्विपमेन्टको प्रदेश एक, मधेश प्रदेश र बागमती प्रदेशका आधिकारिक वितरक समेत हो ।

२०७५ माघ ७ गते स्थापना भएको टाइम्स मोटर्सले प्रारम्भमा इसुजु गाडी बिक्री गर्दै आइरहेकोमा करिव एक वर्ष यता मात्र भल्वोको समेत वितरक बनेको हो ।

हाल टाइम्स मोटर्सले गाडी बिक्री गर्नका लागि ग्राहकहरुले अन्तक्र्रिया गर्न सक्ने वेबसाइटको विकास गरेको छ । यसका हाल काठमाडौं उपत्यकाको बल्खु र गैरीधारा गरी दुई स्थानमा विशेष खालको आउटलेट छन् ।

हाल २५ जना कर्मचारी कार्यरत टाइम्स मोटर्सका ५ सय भन्दा बढी सन्तुष्ट ग्राहक भएको बताइएको छ । यो अवधिमा ५० हजार भन्दा बढी ग्राहकले ब्रान्डको वारेमा अनुभव लिएका छन् ।

आगामी दिनमा ग्राहक वर्गका लागि थप जिम्मेवारी बोधका साथ कार्य गरी उत्कृष्ट उत्पादन उपलब्ध गराउने टाइम्स मोटर्सले प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्बन्धित समाचारहरू

इसुजु डी–म्याक्स पिकअप पनि अब इलेक्ट्रिकमा, कन्सेप्ट सार्वजनिक

इसुजु डी–म्याक्स पिकअप पनि अब इलेक्ट्रिकमा, कन्सेप्ट सार्वजनिक

आगामी साता देखि थाइल्यान्डमा शुरु हुने बैंकक इन्टरनेसनल अटो शोमा...

यस्ता छन् इसुजु एस–क्याब पिकअपका १० विशेषता : दुई महिना पछि मात्र किस्ता तिर्न सकिने सुविधा

यस्ता छन् इसुजु एस–क्याब पिकअपका १० विशेषता : दुई महिना पछि मात्र किस्ता तिर्न सकिने सुविधा

नेपाली बजारमा उपलब्ध पिकअप मध्ये इसुजु एस–क्याब पिकअप पनि एक हो ।...

कमर्सियल भेइकलको निर्यातमा इसुजुले मा-यो छलाङ, बन्यो भारतको अग्रणी निर्यातकर्ता

कमर्सियल भेइकलको निर्यातमा इसुजुले मा-यो छलाङ, बन्यो भारतको अग्रणी निर्यातकर्ता

जापनिज अटो निर्माता इसुजुले भारतमा निकै राम्रो उपलब्धि हासिल गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...