इतिहास: थोमस एडिसनको कम्पनी छाडेपछि हेनरी फोर्डले सुरु गरेका थिए फोर्ड कम्पनी

विश्वको सबैभन्दा ठुलो कार कम्पनी मध्येको एक फोर्ड र बत्तीको बल्बको आविष्कार गर्ने थोमस एडिसनबीचको मित्रता अमेरिकामा चर्चित छ । तर के तपाईलाई थाहा छ आफ्नै कम्पनी सुरु गर्नु अघि हेनरी फोर्डले थोमस एडिसनको कम्पनीमा पनि काम गरेका थिए ।

फोर्ड सुरु गर्नु अघि, हेनरी फोर्डले थोमस एडिसनको कम्पनी एडिसन इलुमिनेटिङमा काम गरेका थिए । हेनरी फोर्डले न्यूयोर्कमा थोमस एडिसनको कम्पनीको सम्मेलनमा भाग लिएका थिए । यही सम्मेलनमा दुवैको पहिलो भेट भएको थियो । भेटका क्रममा दुवैले कुराकानी पनि गरे र त्यति बेला हेनरीले आफ्नो कार देखाएका थिए, जसको एडिसनले प्रशंसा गर्दै यसलाई निर्माण गरिरहन सुझाव दिए । त्यसपछि मात्रै उनीहरुको मित्रता सुरु भएको थियो  ।

हेनरी फोर्डले एडिसनको कम्पनीमा करिब ८ वर्ष मुख्य इन्जिनियरको रूपमा काम गरेका थिए । त्यसपछि फोर्डले थोमस एडिसनको कम्पनी छोडे। त्यति बेलासम्म उनीहरुको मित्रता निकै राम्रो बनिसकेको थियो । यसपछि, हेनरीले आफ्नो व्यवसाय सुरु गर्न धेरै कम्पनीहरू गठन गरे, तर उनको पहिलो सफलता फोर्ड कम्पनीबाट भएको थियो । उनले १६ जुन १९०३ मा फोर्ड मोटर कम्पनी सुरु गरेका थिए ।  

हेनरी फोर्डले आफ्नो पहिलो कार ४ जुन, १८९६ मा निर्माण गरेका थिए । उनले क्वाड्रिसाइकल नामक कार निर्माण गरेका थिए, जसमा दुई सिलिन्डर इन्जिन प्रयोग गरिएको थियो । चालकका लागि साइकलको सिट र साइकलको टायर प्रयोग गरिएको थियो। यसको वजन ५०० पाउन्ड थियो र यसको गति लगभग २० माइल प्रति घण्टा थियो।

फोर्ड विश्वभर आफ्नो शक्तिशाली कारका लागि परिचित छ। हाल कम्पनीले मुस्ताङ, एभरेष्ट, माभेरिक, ब्रोन्को जस्ता धेरै शक्तिशाली कारहरू बिक्री गगरिरहेको छ ।

सम्बन्धित समाचारहरू

महिन्द्रा थारसँग प्रतिस्पर्धा गर्ने फोर्सको नयाँ गोर्खा आज सार्वजनिक हुँदै

महिन्द्रा थारसँग प्रतिस्पर्धा गर्ने फोर्सको नयाँ गोर्खा आज सार्वजनिक हुँदै

महिन्द्रा थारसँग प्रतिस्पर्धा गर्ने क्षमता भएको फोर्सको नयाँ एसयूभी...

नेपाल भित्रियो फोर्स गोर्खा : औपचारिक लन्च केही दिन पछि गरिने, मूल्य ६९ लाख ७९ हजार

नेपाल भित्रियो फोर्स गोर्खा : औपचारिक लन्च केही दिन पछि गरिने, मूल्य ६९ लाख ७९ हजार

काठमाडौं नेपाली बजारमा धेरै समय देखि प्रतीक्षारत फोर्स गोर्खा भित्रिएको छ...

२०२१ फोर्स गोर्खाको टिजर सार्वजनिक, महिन्द्रा थारसँग प्रतिस्पर्धा गर्ने

२०२१ फोर्स गोर्खाको टिजर सार्वजनिक, महिन्द्रा थारसँग प्रतिस्पर्धा गर्ने

फोर्स मोटर्सले चाँडै नै अफरोड एसयूभी गोर्खा नयाँ अवतारमा लन्च गर्ने तयारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...