इतिहास: थोमस एडिसनको कम्पनी छाडेपछि हेनरी फोर्डले सुरु गरेका थिए फोर्ड कम्पनी

विश्वको सबैभन्दा ठुलो कार कम्पनी मध्येको एक फोर्ड र बत्तीको बल्बको आविष्कार गर्ने थोमस एडिसनबीचको मित्रता अमेरिकामा चर्चित छ । तर के तपाईलाई थाहा छ आफ्नै कम्पनी सुरु गर्नु अघि हेनरी फोर्डले थोमस एडिसनको कम्पनीमा पनि काम गरेका थिए ।

फोर्ड सुरु गर्नु अघि, हेनरी फोर्डले थोमस एडिसनको कम्पनी एडिसन इलुमिनेटिङमा काम गरेका थिए । हेनरी फोर्डले न्यूयोर्कमा थोमस एडिसनको कम्पनीको सम्मेलनमा भाग लिएका थिए । यही सम्मेलनमा दुवैको पहिलो भेट भएको थियो । भेटका क्रममा दुवैले कुराकानी पनि गरे र त्यति बेला हेनरीले आफ्नो कार देखाएका थिए, जसको एडिसनले प्रशंसा गर्दै यसलाई निर्माण गरिरहन सुझाव दिए । त्यसपछि मात्रै उनीहरुको मित्रता सुरु भएको थियो  ।

हेनरी फोर्डले एडिसनको कम्पनीमा करिब ८ वर्ष मुख्य इन्जिनियरको रूपमा काम गरेका थिए । त्यसपछि फोर्डले थोमस एडिसनको कम्पनी छोडे। त्यति बेलासम्म उनीहरुको मित्रता निकै राम्रो बनिसकेको थियो । यसपछि, हेनरीले आफ्नो व्यवसाय सुरु गर्न धेरै कम्पनीहरू गठन गरे, तर उनको पहिलो सफलता फोर्ड कम्पनीबाट भएको थियो । उनले १६ जुन १९०३ मा फोर्ड मोटर कम्पनी सुरु गरेका थिए ।  

हेनरी फोर्डले आफ्नो पहिलो कार ४ जुन, १८९६ मा निर्माण गरेका थिए । उनले क्वाड्रिसाइकल नामक कार निर्माण गरेका थिए, जसमा दुई सिलिन्डर इन्जिन प्रयोग गरिएको थियो । चालकका लागि साइकलको सिट र साइकलको टायर प्रयोग गरिएको थियो। यसको वजन ५०० पाउन्ड थियो र यसको गति लगभग २० माइल प्रति घण्टा थियो।

फोर्ड विश्वभर आफ्नो शक्तिशाली कारका लागि परिचित छ। हाल कम्पनीले मुस्ताङ, एभरेष्ट, माभेरिक, ब्रोन्को जस्ता धेरै शक्तिशाली कारहरू बिक्री गगरिरहेको छ ।

सम्बन्धित समाचारहरू

टाटा मोटर्सले किन्ने भयो फोर्ड इन्डियाको प्लान्ट, फोर्डका कर्मचारीले टाटामा काम गर्ने

टाटा मोटर्सले किन्ने भयो फोर्ड इन्डियाको प्लान्ट, फोर्डका कर्मचारीले टाटामा काम गर्ने

टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडले फोर्ड इन्डियाको सानन्द,...

सेकेन्ड ह्यान्ड गाडीको समेत कारोबार गर्छन् यी कम्पनी, यस्तो हुन सक्छ ग्राहकलाई फाइदा

सेकेन्ड ह्यान्ड गाडीको समेत कारोबार गर्छन् यी कम्पनी, यस्तो हुन सक्छ ग्राहकलाई फाइदा

प्रयोगमा आइसकेका पुराना गाडीको कारोबारमा पछिल्लो समय आयातकर्ता कम्पनीले...

फोर्स गुर्खा आज नेपाली बजारमा सार्वजनिक हुदै

फोर्स गुर्खा आज नेपाली बजारमा सार्वजनिक हुदै

काठमाडौं – फोर्स मोटर्स नेपालले आफ्नो नयाँ गाडी फोर्स गुर्खाको नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...