टाटाको कर्भ सिरिज एक्स लन्च, कुल १० भेरियन्टमा उपलब्ध हुने
टाटा मोटर्सले आफ्नो लोकप्रिय कर्भ एसयूभीको नयाँ सिरिज एक्स लन्च गरेको छ।...
काठमाडौं–टाटा मोटर्सले २०२५ को सबैभन्दा बढी प्रतीक्षा गरिएको कारहरू मध्ये एक नयाँ सिएरा सार्वजनिक गरेको छ । सो नयाँ कारलाई कम्पनीले नोभेम्वर २५ मा लन्च गर्ने योजना बनाएको छ ।
सिएराको डिजाइनमा टाटा मोटर्सले आधुनिक र न्यूनतम दृष्टिकोण अपनाएको छ । एसयूभीमा फ्लश–फिटिङ डोर ह्यान्डल र पछाडि पातलो एलईडी टेललाइट तथा एलईडी बार उपलब्ध गराइएको छ । अन्य डिजाइन हाइलाइटहरूमा ब्ल्याक ओआरभीएम, ग्लस ब्ल्याक बडी क्ल्याडिङ, ह्वील आर्च क्ल्याडिङ, ब्ल्याक रूफ रेल, रूफ स्पोइलर, शार्क फिन एन्टेना र १९–इन्च डुअल टोन एलोई ह्विल समाबेश गरिएको छ ।
कारको भित्री भागमा ट्रिपल–स्क्रिन लेआउट रहेको छ । एसयूभीको केन्द्रमा टाटा लोगो प्रकाशित भएको ४–स्पोक स्टेयरिङ ह्वील, डुअल जोन अटोमेटिक क्लाईमेट कन्ट्रोल, प्यानोरामिक सनरुफ, एड्जस्टेवल रियर सिट हेड रेस्ट, सेन्टर आर्मरेस्ट, रियर सनशेड, लेभल २ एडास र ३६०–डिग्री क्यामेरा राखिएको छ ।
सो नयाँ कारमा टाटाले आफ्नो ब्रान्ड न्यु १.५ लिटर टर्बो पेट्रोल इन्जिन उपलब्ध गराएको छ । जसले १६८ बीएचपी र २८० एनएम टर्क जेनरेट गर्दछ भने म्यानुअल र स्वचालित दुवै ट्रान्समिसनमा उपलब्ध हुनेछ । साथै, सिएरा १.५ लिटर प्राकृतिक रूपमा एस्पिरेटेड पेट्रोल इन्जिन र १.५ लिटर डिजेलको साथ पनि उपलब्ध हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...