टाटा टिगोर अब एरिस नाममा आउँदै, सेप्टेम्बर २५ मा नयाँ सेडान सार्वजनिक हुने

टाटा मोटर्सले आफ्नो लोकप्रिय कम्प्याक्ट सेडान टिगोरलाई नयाँ अवतार र नयाँ नामसहित लन्च गर्ने तयारी गरेको छ। रिपोर्टका अनुसार कम्पनीले यसको नाम टाटा एरिस राख्न सक्ने अनुमान गरिएको छ। कम्पनीले टाटा एरिस नामको ट्रेडमार्कसमेत दर्ता गराइसकेको छ। नयाँ सेडान आगामी सेप्टेम्बर २५, २०२६ मा लन्च हुन सक्नेछ।

कारको फ्रन्टमा स्लिम हेडलाइट, कालो कनेक्टिङ एलिमेन्ट र स्पोर्टी डिजाइनको बम्पर समावेश गरिनेछ। कारको साइड प्रोफाइलमा नयाँ डिजाइनको अलोय ह्विल जडान गरिनेछ भने पछाडिको भागमा नयाँ टेललाइट र नयाँ रियर बम्पर देख्न सकिनेछ। यद्यपि, कारको मूल कम्प्याक्ट सेडान स्वरूप भने धेरै परिवर्तन नहुने अनुमान गरिएको छ।

नयाँ एरिसको क्याबिन हालै अपडेट गरिएको टियागो फेसलिफ्टबाट प्रभावित हुन सक्नेछ। कारमा १०.२५ इन्चको ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध हुने सम्भावना छ, जसले वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेलाई सपोर्ट गर्नेछ। साथै यसमा नयाँ डिजिटल ड्राइभर डिस्प्ले, नयाँ डिजाइनको स्टेयरिङ ह्विल, ३६० डिग्री क्यामेरा, वायरलेस फोन चार्जर, टाइप सी चार्जिङ पोर्ट र इलेक्ट्रिकली फोल्डिङ रियर भ्यु मिररजस्ता फिचर पनि थपिन हुनेछ ।

नयाँ टाटा एरिस पेट्रोल, सीएनजी र इलेक्ट्रिक विकल्पमा उपलब्ध हुन सक्ने अपेक्षा गरिएको छ। पेट्रोल भर्सनमा १.२ लिटरको पेट्रोल इन्जिन प्रयोग हुन सक्नेछ, जसले करिब ८६ पीएस पावर र ११३ एनएम टर्क उत्पादन गर्ने अनुमान गरिएको छ। सीएनजी भर्सनमा कम्पनीबाटै फिट गरिएको सीएनजी किट उपलब्ध हुने सम्भावना छ। सीएनजी मोडमा यसले करिब ७५.५ पीएस पावर र ९६.५ एनएम टर्क उत्पादन गर्न सक्नेछ। पेट्रोल र सीएनजी दुवै भर्सनमा ५ स्पिड म्यानुअलसँगै अटोमेटिक गियरबक्सको विकल्प पनि उपलब्ध हुनेछ । एरिस इलेक्ट्रिक एरिस डट ईभी नाममा लन्च हुन सक्ने अनुमान गरिएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...