चितवनमा स्काईवेलको डिलर बन्यो एच३आर मोटर्स, टेस्ट ड्राइभ र बुकिङ प्रारम्भ

चितवन – नेपालका लागि स्काईवेल ईभीको आधिकारिक वितरक जी मोटर्स प्रालिको चितवनको डिलरको रुपमा एचथ्रीआर मोटर्स नियुक्त भएको छ । एक कार्यक्रमका बिच यसको बैदिक सुरुवात गरिएको छ ।

सो अवसरमा पहिलो ग्राहकका रुपमा कृष्ण रेग्मीलाई गाडी हस्तान्तरण गरियो । अब चितवन क्षेत्रका ग्राहकले स्काईवेलका ईभी टेस्ट ड्राइभ र बुकिङ गर्न सक्ने जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले बताए ।

चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भइरहेको स्काईवेलले युरोप, अमेरिका, अफ्रिका, अष्ट्रेलिया, मिडल इस्ट, रसिया सहित एसियामा समेत आफ्नो बलियो बजार साख सिर्जना गरिसकेको छ । स्काईवेल चिनियाँ इलेक्ट्रोनिक्स जायन्ट स्काईवर्थको ब्रान्ड हो ।

कम्पनीले नेपालमा पाइने विद्युतीय सवारी साधनहहरु मध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयुभी स्काईवेल इटी फाइभ नेपाली बजारमा एक वर्ष अगाडि भित्र्याएको थियो ı

राम्रो फाइनान्सियल ब्याकअप, रिसर्च एन्ड डेभलपमेन्टमा ठूलो लगानी र गुणस्तरीय उत्पादनका कारण स्काईवेलले विश्व बजारमा बलियो प्रभुत्व कायम गर्न सकेको बताइएको छ । भक्तपुरको राधेराधेमा पहिलो बिक्री कक्ष खोलेर नेपाली बजारमा स्काईवेलले एक वर्ष अगाडि आफ्नो प्रिमियम एसयुभीको बिक्री वितरण शुरु गरेको थियो ı नेपाली बजारमा भित्रिएको एक वर्ष भित्रमै राम्रो ब्रान्ड भ्यालु कायम गर्न सकेको स्काईवेलले १०० भन्दा बढी एसयुभीहरु नेपालमा बिक्री गरेको दावी गरेको छ ।

नेपाली बजारमा बीई११ का दुई भेरिएन्ट र ईटी५ गरी स्काईवेलका तीन मोडल उपलब्ध छन् । नेपालमै सबैभन्दा बढी रेन्ज दिने ईभीको रुपमा स्काईवेल ईभी परिचित छन् । यी ईभीले ४१०, ५२० र ६२० किलोमिटर रेन्ज दिने कम्पनीले दावी गर्दै आएको छ ।

 ४१० किमी बीई११ को मूल्य ७९ लाख ९० हजार, बीई११ ५२० किमीको मूल्य ८९ लाख ९० हजार र ईटी५ को मुल्य १ करोड १५ लाख रुपैयाँ कायम गरेको छ ।

सम्बन्धित समाचारहरू

नेपाल भित्रिए म्याक्ससका ईभी पिकअप र एमपीभी

नेपाल भित्रिए म्याक्ससका ईभी पिकअप र एमपीभी

काठमाडौं – नेपाली बजारमा बिक्री गर्ने तयारीका साथ म्याक्सस ब्रान्डका...

जम्बो इकोले ल्यायो विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटरमा ५० हजार छुट सहितको अफर

जम्बो इकोले ल्यायो विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटरमा ५० हजार छुट सहितको अफर

काठमाडौं – नेपाली नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै जम्वो इको भेइकलले नयाँ...

इलेक्ट्रिक कार भित्रिने क्रम बढ्यो, अब पालो टाटा नेक्सन इभीको

इलेक्ट्रिक कार भित्रिने क्रम बढ्यो, अब पालो टाटा नेक्सन इभीको

सरकारले विद्युतीय सवारीमा यसअघि लगाउँदै आएको अन्तःशुल्क मिनाहा र भन्सार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...