जम्बो इकोले ल्यायो विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटरमा ५० हजार छुट सहितको अफर

काठमाडौं – नेपाली नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै जम्वो इको भेइकलले नयाँ वर्षमा नयाँ ई–स्कुटर धमाका अफर ल्याएको छ । यस अन्तर्गत ५० हजार रुपैयाँ सम्मको आकर्षक नगद छुट सहित विभिन्न उपहार उपलब्ध छ । इलेक्ट्रिक स्कुटर खरिद गर्दा ग्राहकको सुरक्षालाइ मध्यनजर गर्दै कम्पनीले दुर्घटना बिमा, आईएसआई मापदण्डको स्तरिय हेलमेट आदिको समेत व्यवस्था गरेको छ ।

स्कुटर खरिदलाई सहज र आकर्षक बनाउन स्पट फाइनान्सको पनि व्यवस्था रहेको कम्पनीको भनाइ छ । काठमाडौ, ललितपुर र भक्तपुरलाई मध्यनजर गर्दै लोकन्थलीमा जम्बो इको भेइकलको मल्टी ब्रान्ड शोरुम रहेको छ । कंपनीले लेभ्निङ, एमडीकेए, ग्यारो, प्योर ईभी जस्ता विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटरहरु एकै स्थानमा उपलब्ध गराएको छ ।

यसका साथै बाइक वा स्कुटरको लाइसेन्स नभएर सवारी चलाउनबाट बन्चित ग्राहक वर्गलाई लक्षित गरी विभिन्न मोडलका इलेक्ट्रिक साइकलहरु पनि सहज दरमा बिक्री वितरण गर्दै आएको बताएको छ ।

जम्बो इको भेइकलको मल्टी ब्रान्ड शोरुमले इलेक्ट्रिक स्कुटर तथा ई–साइकल बेच्नुका साथै आफ्टर सेल्स सर्भिसमा विशेष ध्यान दिएको छ । ग्राहक वर्गलाई हुन सक्ने समस्यालाई मध्यनजर गर्दै सर्भिस तथा ब्याट्री, मोटर, चार्जर लगायत स्पेयर पार्ट्स सुपथ मूल्यमा एउटै छानामुनि उपलब्ध गराउँदै आएको छ जसले गर्दा ग्राहकहरुले स्कुटर तथा साइकल किनिसकेपछि सर्भिस र पर्याप्त सुविधा पाउने छन् । यसका साथै होम सर्भिसको पनि व्यवस्था रहेको बताइएको छ ।

हाल जम्वो इकोको मल्टी ब्रान्ड शोरुमले ३५० वाट देखि ३००० वाट मोटर भएका ७२ भोल्ट सम्मका इलेक्ट्रिक स्कुटर तथा ई–साइकल बिक्री वितरण गर्दै आएको छ, जसको मूल्य ६० हजार देखि ३ लाख २० हजार रुपैयाँ सम्म रहेका छन् ।

सम्बन्धित समाचारहरू

चांगन युनि–टीले पायो फाइभ स्टार सेफ्टी रेटिङ, छिट्टै नेपाल भित्रिदै

चांगन युनि–टीले पायो फाइभ स्टार सेफ्टी रेटिङ, छिट्टै नेपाल भित्रिदै

काठमाडौं – चिनियाँ अटोमोबाइल निर्माता कम्पनी चांगनको युनि–टीले...

नेटा भी VS नेक्सन ईभी : कुन विशेषतामा कुन अगाडि ?

नेटा भी VS नेक्सन ईभी : कुन विशेषतामा कुन अगाडि ?

१ सय किलोवाट भन्दा कम क्षमता भएको मोटर जडित इलेक्ट्रिक कारमा अहिले टाटा...

मर्सिडिज बेन्जले ल्यायो फ्युचरिस्टिक कन्सेप्ट सुपरकार, कारको उचाइ ११६८ एमएम मात्र

मर्सिडिज बेन्जले ल्यायो फ्युचरिस्टिक कन्सेप्ट सुपरकार, कारको उचाइ ११६८ एमएम मात्र

जर्मन लक्जरी कार निर्माता कम्पनी मर्सिडिज बेन्जले मर्सिडिज भिजन वान...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...