दसैंमा नेपाल प्रहरीको नि:शुल्क बस चल्दै, यस्तो छ रुट
काठमाडौँ – बडादसैंको अवसरमा काठमाडौँ उपत्यकामा आम नागरिकको सुविधा र सहज...
काठमाडौं–चिनियाँ अटो निर्माता चेरीले करिब ३०० अमेरिकी डलर मूल्य पर्ने इलेक्ट्रिक मोपेड सार्वजनिक गर्ने तयारी गरेको छ । चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयमा दर्तासम्बन्धी विवरण देखिएसँगै कम्पनीको नयाँ दुईपाङ्ग्रे विद्युतीय सवारी चर्चामा आएको हो ।
यो मोपेडको डिजाइन यामाहाको भिनो स्कुटरसँग मिल्दोजुल्दो देखिन्छ । यसको पछाडिको चक्कामा हब मोटर जडान गरिएको छ । यद्यपि, चेरीले यस मोपेडको आधिकारिक मूल्य र प्राविधिक विवरण सार्वजनिक गरिसकेको छैन ।
चीनमा यस्ता कम मूल्यका इलेक्ट्रिक मोपेड करिब २ हजार युआन अर्थात् ३०० डलरमा उपलब्ध छन् । सामान्यतया यस्ता मोपेडमा २ किलोवाट आवरभन्दा कम क्षमताको ब्याट्री हुने र एकपटकको चार्जमा ५० किलोमिटर वा सोभन्दा कम दूरी चल्ने बताइएको छ ।
चेरीले सस्तो मोपेडसँगै उच्च प्रविधियुक्त विद्युतीय मोटरसाइकलको विकासमा पनि काम गरिरहेको छ । कम्पनीले हालै आफ्नै प्रविधिसम्बन्धी कार्यक्रममा दुईवटा नयाँ मोटरसाइकलका अवधारणा प्रस्तुत गरेको थियो ।
तीमध्ये एउटा सिन्नोक्स ब्रान्डको पूर्ण विद्युतीय एड्भेन्चर स्कुटर हो, जसको दाबी गरिएको रेन्ज १५० देखि २०० किलोमिटरसम्म छ ।
अर्को ग्रो सी३ नामक रेन्ज एक्सटेन्डर विद्युतीय मोटरसाइकल हो । यसलाई बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिने गरी विकास गरिएको छ । यसले क्याम्पिङजस्ता गतिविधिमा जेनेरेटरको विकल्पका रूपमा काम गर्न सक्ने कम्पनीको दाबी छ ।
चीनको दुईपाङ्ग्रे सवारी बजारमा बढ्दो प्रतिस्पर्धाबीच चेरीले सस्तो मोपेडदेखि उन्नत विद्युतीय मोटरसाइकलसम्म विस्तार गर्ने रणनीति अघि बढाएको देखिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...