इलेक्ट्रिक कार भित्रिने क्रम बढ्यो, अब पालो टाटा नेक्सन इभीको

सरकारले विद्युतीय सवारीमा यसअघि लगाउँदै आएको अन्तःशुल्क मिनाहा र भन्सार कर हटाएपछि नेपाली बजारमा इलेक्ट्रिक कार भित्रिने लहर नै चलेको छ । यसअघि नेपाल भित्रिइसकेका हुन्डाई, किया, एमजी र बीवाईडी जस्ता ब्रान्डले अन्तःशुल्क र भन्सार कर वृद्धिका कारण नयाँ गाडीको आयात अबरुद्ध पारेकोमा हाल आएर यस्ता साधन समेत धमाधम भित्र्याइरहेका छन भने अर्कोतर्फ नयाँ नयाँ ब्रान्ड समेत भित्रिने क्रम बढ्दो छ । सोही मेसोमा जापनिज अटो मेकर निसानको लोकप्रिय मोडल लिफ सार्वजनिक भैसकेको छ । त्यसैगरी चीनको सिटी स्पिरिट कार समेत नेपाल आइपुगेको छ ।

अहिले विश्वको अटो बजार नै इलेक्ट्रिकमय बनिरहेको सन्दर्भमा प्रायः स्थापित ब्रान्डहरुले समेत इलेक्ट्रिक कारको उत्पादनमा जोड दिइरहेका छन् । भारतीय अटो निर्माताहरुले पनि अब उप्रान्त इलेक्ट्रिक कारको उत्पादन बढाउँदै जाने घोषणा गरेको अवस्थामा अबको बजार यस्ता सवारीसाधनको पकडमा रहने सहजै अनुमान लगाउन सकिन्छ । सोही कुरालाई मध्यनजर गर्दै अहिले नेपालका अटोमोबाइल व्यवसायीहरु छिटोभन्दा छिटो यस्ता साधन भित्र्याउन आतुर देखिन्छन् ।

कतिपय स्थापित भनिएका कम्पनीहरुले समेत चीनबाट नयाँ ब्रान्ड भित्र्याउन तयारी थालिसकेका छन् । जसको सुरुवात विशाल ग्रुपले गरेको छ । फक्सवागन, एमजी र रेनो लगायत ब्रान्ड आयात गर्दै आइरहेको यो ग्रुपले चीनमा इलेक्ट्रिक कारको उत्पादनमा आक्रमक देखिएकै कारण ग्रेटवाल रोजेको अनुमान लगाउन सकिन्छ ।

चर्चामा टाटा नेक्सन ईभी
भारतीय बजारमा एकवर्ष अघि नै सार्बजनिक भैसकेको टाटा नेक्सन त्यस लगत्तै नेपाल भित्रिने चर्चा चलेको थियो । पछि नेपाल सरकारले यस्ता सवारीसाधनमा भारी मात्रामा अन्तःशुल्क र भन्सार कर बढाएका कारण तत्कालका लागि नेक्सनको नेपाल आगमन अबरुद्ध हुन पुगेको थियो ।

तर अहिले अन्तःशुल्क मिनाहा र भन्सार समेत घटेपछि नेपालस्थित आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालि यो गाडीको औपचारिक लन्च गर्ने तयारीमा जुटको छ । कम्पनी स्रोतका अनुसार नेक्सन ईभीका केही युनिट नेपाल भित्रिइसकेका छन् । हाल यो कारको रोड टेष्ट गर्ने क्रम चलिरहेको छ । उक्त टेष्ट पश्चात अबको केही दिन भित्र नै नेक्सन सार्बजनिक गरिने स्रोतले बताएको छ ।

भारतीय बजारमा सबैभन्दा बढी परिमाणमा बिक्री भइरहेको यो एसयूभीले नेपाली ईभी प्रेमीलाई छिट्टै आकर्षित गर्ने विश्वास गर्न सकिन्छ । सब कम्प्याक्ट एसयूभी नेक्सन ईभीको सबैभन्दा आकर्षक फिचर भनेको यसको २०५ एमएमको उच्चतम ग्राउन्ड क्लियरेन्स हो । जुन नेपाली सडकका लागि उपयुक्त छ । त्यसैगरी यसमा टाटाको जिपट्रोन प्लेटफर्ममा बनेको ३०.२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री जडान गरिएको छ । यसमा ९५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर हाराहारी यात्रा गर्न सकिने विशेषताका कारण समेत यो एसयूभीको चर्चा चुलिंदो छ ।

सम्बन्धित समाचारहरू

चर्चामा लिपमोटरको नयाँ एसयूभी ए१०, नेपालमा प्रतीक्षा

चर्चामा लिपमोटरको नयाँ एसयूभी ए१०, नेपालमा प्रतीक्षा

लिपमोटरको नयाँ एसयूभी ए१० ले अहिले चर्चा पाइरहेको छ । इन्ट्री लेभल ईभी...

फेब्रुअरीमा इन्डोनेसियाको बेस्ट सेलिङ बीईभी बन्यो बीवाईडी एट्टो १

फेब्रुअरीमा इन्डोनेसियाको बेस्ट सेलिङ बीईभी बन्यो बीवाईडी एट्टो १

बीवाईडी एट्टो १ ईभी यो वर्षको फेब्रुअरी महिनामा इन्डोनेसियामा सबैभन्दा...

इलेक्ट्रिक टाटा पन्च चाँडै लन्च हुने, यस्तो हुनेछ मूल्य र रेन्जलगायतका विशेषता

इलेक्ट्रिक टाटा पन्च चाँडै लन्च हुने, यस्तो हुनेछ मूल्य र रेन्जलगायतका विशेषता

टाटा मोटर्सले आफ्नो पोर्टफोलियो तीव्र गतिमा बढाउन थालेको छ । कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...