नेपाल भित्रिए म्याक्ससका ईभी पिकअप र एमपीभी

काठमाडौं - नेपाली बजारमा बिक्री गर्ने तयारीका साथ म्याक्सस ब्रान्डका इलेक्ट्रिक पिकअप र एमपीभी भित्रिएका छन् । नेपालका लागि आधिकारिक वितरक हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय माेट्रक्सले म्याक्सस ईटेरानाे पिकअप र मिफा एमपीभी भित्र्याएको हाे ।

कम्पनीले औपचारिक रूपमा जानकारी दिएको छैन । तर पनि केही दिनमा यी गाडीको बिक्री सुरु हुने बताइएको छ ।

म्याक्सस ईटेरानो पिकअपको मूल्य ९९ लाख ९० हजार र मिफा एमपीभएको मूल्य १ करोड २४ लाख ९० हजार रुपैयाँ तोकिएको छ । हाल केही समयका लागि मात्र यो मूल्यमा गाडी उपलब्ध हुने र पछि यसको मूल्य बढ्ने कम्पनीको भनाइ छ ।

पाँच जना बस्न मिल्ने म्याक्सस ईटेरानो पिकअपमा हिटेड सिट समेत भएकाले लामो यात्राका लागि समेत उपयोगी छ । फोर ह्विल ड्राइभमा उपलब्ध सो पिकअपमा १०२ किलोवाट आवरको ब्याट्री रहेको छ, जसलाई ४२ मिनेटमा २० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । १९० किलोमिटर प्रतिघण्टाको गतिमा चलाउन सकिने सो पिकअपले सिंगल चार्जमा ५६० किलोमिटर (एनईडीसी) रेन्ज दिने बताइएको छ । यसको फ्रन्टमा १२५ र रियरमा २०० किलोवाटको मोटर छ ।

२३० एमएम ग्राउन्ड क्लियरेन्स भएको ईटेरानो पिकअपमा सेफ्टीका लागि समेत ३६० डिग्री क्यामेरा, रियर र फ्रन्ट पार्किङ सेन्सर, एसीसी, आईसीए, लेन किप असिस्ट, इन्टेलिजेन्ट स्पिड लिमिट असिस्टेन्स लगायतका विभिन्न फिचर छन् ।

त्यसैगरी म्याक्सस मिफामा भएको ९० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ६३५ किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिने बताइएको छ । ब्याट्रीलाई ३० मिनेटमा ३० देखि ० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । यसमा १८० किलोवाटको मोटर छ ।

सम्बन्धित समाचारहरू

जीहो इलेक्ट्रिक स्कुटर किन्दा ८१ हजार सम्म छुट र थाइल्यान्ड भ्रमणको अवसर

जीहो इलेक्ट्रिक स्कुटर किन्दा ८१ हजार सम्म छुट र थाइल्यान्ड भ्रमणको अवसर

काठमाडौं – सीएफमोटो र जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि...

सेरेसको पहिलो शोरुम पानीपोखरीमा, अटो शोमा दुईवटा मोडल प्रदर्शन गरिने

सेरेसको पहिलो शोरुम पानीपोखरीमा, अटो शोमा दुईवटा मोडल प्रदर्शन गरिने

काठमाडौं– नेपाल भित्रिएको नयाँ ईभी ब्रान्ड सेरेसका कारहरु बिक्री गर्न...

चांगनले ल्यायो विश्वको पहिलो ‘एक्सटेन्डेड रेन्ज ईभी’ पिकअप, यस्ता छन् विशेषता

चांगनले ल्यायो विश्वको पहिलो ‘एक्सटेन्डेड रेन्ज ईभी’ पिकअप, यस्ता छन् विशेषता

चिनियाँ अटो निर्माता चांगनले विश्वको पहिलो ‘एक्सटेन्डेड रेन्ज ईभी’ पिकअप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...