बीवाईडीले एउटा कारमा १२५० डलर नाफा राख्दा टेस्लाको ८२५० डलर
बीवाइडीले एकदमै कम नाफा राखेर कार बिक्री गर्ने गरेको पाइएको छ । एक तथ्यांक...
बीवाईडीले टोकियो मोटर शोमा जापानी बजारका लागि भनेरै डिजाइन गरिएको आफ्नो पहिलो शुद्ध इलेक्ट्रिक केई कार ‘राको’ लाई डेब्यू गरेको छ । सो नयाँ कारलाई अर्को वर्षदेखी बिक्री थालिने जनाइएको छ ।
जापानी अटोमोबाइल बजारको एक तिहाइ भाग केई कारले आगटेको छ । यस्ता कार जापानमा निकै लोकप्रिय मानिन्छन् र प्राय सबैजसो ब्रान्डसंग यस सेग्ेमटमा विभिन्न मोडलहरु छन् । राकोको सुरुवाती मूल्य लगभग २.६ मिलियन येन (१७ हजार अमेरिकी डलर) हुने अपेक्षा गरिएको छ । राको जापानमा एटो ३, डल्फिन, सिल र सिलियन ७ पछि बीवाईडीको पाँचौं मोडेल हुनेछ ।
बीवाईडी राकोमा २० किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ र यसले सिंगल चार्जमा १८० किलोमिटरसम्म माइलेज दिने दाबी गरिएको छ । ४ सिट क्षमताको यस कारको लम्बाई ३३९५ एमएम, चौडाई १४७५ एमएम र उचाई १८०० एमएम रहेको छ ।

परम्परागत जापानी केई कारबाट प्रेरित यसको बाहिरी डिजाइन निकै आकर्ष रहेको छ । कारमा पछाडिको स्लाइडिङ डोर सहित चार वटा डोर राखिएको छ । अगाडि क्लोज्ड ग्रिल डिजाइनलाई सी आकारको हेडलाइट सँग जोडिएको छ । सथौ, पछाडिको भागमा गोलाकार थ्रु–टाइप टेललाइट जडान गरिएको छ ।
१०० किलोवाटको डिसी फास्ट चार्जर सपोर्ट गर्ने यस कारको अगाडी इलेक्ट्रिक मोटर जडान गरिएको छ । ककपिटमा एउटा इन्स्ट्रयुमेन्ट प्यानल, सेन्ट्रल कन्ट्रोल स्क्रिन, थ्री–स्पोक स्टेयरिङ ह्वील र ड्यासबोर्डमा आयताकार वातानुकूलित आउटलेट राखिएका छन् ।
बीवाइडीले एकदमै कम नाफा राखेर कार बिक्री गर्ने गरेको पाइएको छ । एक तथ्यांक...
चीनमा बनेको बीवाईडीको इलेक्ट्रिक कारले सवारी साधन निर्माता कम्पनीहरु...
काठमाडौँ – एमक्युबले ईभी निर्माता कम्पनी बीवाईडीसँगको साझेदारीमा आयोजना...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...