२०२२ मा अमेरिकामा विक्यो प्रत्येक ४९ सेकेन्डमा एउटा फोर्ड एफ–१५० पिकअप
सन् २०२२ मा अमेरिकी बजारमा फोर्ड मोटरको एफ–१५० पिकअप हरेक ४९ सेकेन्डमा एक...
गो अटो केयर प्रालिले आफ्नो परिसरमा रहेका सवारी साधनहरु लैजान सवारी धनीहरुका लागि सूचना प्रकाशित गरेको छ । मर्मत र पार्किङ शुल्क लगायतका शुल्क तिरेर सवारी साधन लैजान कम्पनीले सम्बन्धित सवारी धनीलाई अनुरोध गरेको हो ।
उक्त स्वारी साधन पटकपटक ताकेता गर्दा पनि नलगिएको हुँदा १५ दिनभित्र सम्पूर्ण खर्च ९मर्मत शुल्क, पार्किङ शुल्क० भुक्तानी गरी पार्किङ परिसरबाट उठाउन कम्पनीले अनुरोध गरेको छ ।
यस अवधिमा पनि सवारी साधनहरू नलिए कम्पनी जिम्मेवार नरहने र कवाडीको हिसाबमा मिल्काइने कम्पनीले चेतावनी दिएएको छ ।
कम्पनीका अनुसार ९ वटा सवारी साधन सर्भिस सेन्टरको परिसरमा छन् । यस्ता सवारी साधनहरुमा फोर्ड इन्डेभर, एभरेष्ट, फ्रिस्टाइल, फिगो र इकोस्पोर्ट लगायतका सवारी साधन छन् ।
किन छोडेका होलान् यी सवारी साधन ?
फोर्डका सवारी साधन सामान्यतः महंगो सवारी साधनमै पर्छन् । फोर्ड फिगो र फ्रिस्टाइल अलि कम मूल्यमै उपलब्ध हुन्छन् भने इन्डेभर, एभरेष्ट र इकोस्पोर्ट लगायतका सवारी अलि महंगो नै छन् । पहिले गो अटोमोबाइल्सले फोर्डका सवारी साधन बिक्री–वितरण गर्ने गरेको थियो । यद्यपि हाल भारतमा उत्पादन हुन छोडे पछि यी धेरै मोडल नेपालमा बिक्रीका लागि उपलब्ध छैनन् । तर पनि फोर्डले सर्भिसिङ र पार्ट्स लगायतका सुविधा भने उपलब्ध गराइरहेको छ ।
स्वयम्भूस्थित गो अटो केयर फोर्डको आधिकारिक सर्भिस सेन्टर हो । सो सर्भिस सेन्टरको परिसरमा अलपत्र अवस्थामा छोडिएका सवारी साधनको प्रसंग भने अलि फरक छ ।
खासगरी हाइड्रो पावर उत्पादनमा संलग्न कम्पनीको स्वामित्वमा रहेका यी सवारी साधनको मूल्य हृासकट्टीका कारण धेरै कम भइसकेको छ । त्यसैगरी कम्पनीको काम पनि समाप्त भइसकेको छ । यो अवस्थामा पुराना गाडी मर्मत खर्च तिरेर चलाउनु भन्दा त्यत्तिकै छोड्नु नै उचित हुने अवस्था समेत हुन्छ ।
यो अवस्थामा कतै लगेर पार्किङ शुल्क तिर्नु भन्दा बरु त्यत्तिकै छोडेको पाइन्छ । यसकारण नै कम्पनीले यी सवारी साधनलाई कवाडीको भाउमा बेच्नु पर्ने अवस्था आउने सक्ने स्रोतको भनाइ छ ।

सन् २०२२ मा अमेरिकी बजारमा फोर्ड मोटरको एफ–१५० पिकअप हरेक ४९ सेकेन्डमा एक...
फोर्डले भारत छोडेको लामो समय भइसकेको छ। तर पछिल्लो केही समयदेखि भारतमा...
काठमाडौं – नेपालमा फोर्स गाडीको आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...