ट्राफिक प्रहरीले बुझायो निषेधाज्ञामा भेटिएका ३३ मोटरसाइकल : चोरको आँखामा पल्सर

काठमाडौं – उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण गर्न खटिएको बिशेष अपरेसन टोलीले जारी निषेधाज्ञाको समयमा समेत सक्रियतापूर्वक परिचालन भई चोरी नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी नियन्त्रणलाई निरन्तरता दिदै यस अवधिमा विभिन्न स्थानबाट हराएका ३३ वटा मोटरसाइकल हिजो एक कार्यक्रमका वीच महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरे । हस्तान्तरण गरिएका ३३ मध्ये २३ वटा मोटरसाइकल र १० वटा स्कुटर रहेका छन् ।

कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले निषेधाज्ञाकै समयमा समेत टोलीले विशेष सूचना संकलन गरि उपत्यका तथा आसपासको इलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि विभिन्न प्रहरी बृत्तहरुमा पठाएको र अन्य मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको बताए ।

चोरको आँखामा पल्सर एनएस
पछिल्लो समय चोरी भएर पक्राउ गरेको अधिकांश मोटरसाइकलहरू बजाज कम्पनीको पल्सर र हिरो होन्डा कम्पनीका रहेका छन् । विशेष गरि चोरी गर्ने समुहले सस्तो सुलभ, आकर्षक र बढी डिमाण्ड हुने खालका मोटरसाइकल र स्कुटरहरु चोरी गर्ने गरेको देखिन्छ । युवा पुस्ताको रोजाई र ग्रामीण भेगमा समेत माग बढी भएकोले पल्सर मोटरसाइकल बढी चोरी हुने गरेको महाशाखाको भनाइ छ ।

विशेषगरी त्यस्ता चोरी गर्ने समूहले ग्रामीण ईलाकामा लगी नम्बर प्लेट र स्वरुप परिवर्तन गर्ने, नक्कली कागजपत्र बनाई वेचबिखन गर्ने र कतिपय अवस्थामा वास्तविक नम्बर नै प्रयोग गरेको अवस्थामा समेत फेला परेको एसएसपी भट्टराईले बताए ।

यसरी हराएका मध्ये करिब ७० प्रतिशत पल्सर मोटरसाइकल हुने गरेको ट्राफिक महाशाखाको तथ्याङ्कबाट देखिएको समेत उनले जानकारी दिए । यस आर्थिक वर्षमा मात्रै हराएका ४१३ वटा मोटरसाइकल खोजतलास गरि सम्बन्धित धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ५१ जनालाई समेत विभिन्न स्थानहरुबाट पक्राउ गरि कारबाहीको लागि प्रहरी बृत्तहरुमा पठाएको समेत महशाखाले जनाएको छ ।

सवारी साधनमा अतिरिक्त ह्विल लक, डिस्क लक, सेक्युरिटी साइरनहरु जडान गर्न, लामो समयसम्म एकान्त स्थानमा पार्किङ नगर्न र जथाभावी पार्किङ नगर्न महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

सम्बन्धित समाचारहरू

होन्डाले ल्यायो भ्लोन्टाइन डे अफर, ४ हजार रुपैयाँ क्यास ब्याक पाइने

होन्डाले ल्यायो भ्लोन्टाइन डे अफर, ४ हजार रुपैयाँ क्यास ब्याक पाइने

होन्डा टु ह्विलरको नेपालका लागि आधिकारिक बितरक स्याकार ट्रेडिङ कम्पनीले...

होन्डा हाइनेस सीबी ३५० को खुल्यो नेपालमा बुकिङ, बुकिङ गर्दा ५० हजार छुट

होन्डा हाइनेस सीबी ३५० को खुल्यो नेपालमा बुकिङ, बुकिङ गर्दा ५० हजार छुट

काठमाडौं – नेपाली बजारमा होन्डाको नयाँ बाइक हाइनेस सीबी ३५० उपलब्ध हुने...

फ्याक्ट्री फिटेड एसेसरिजको साथमा बजाज डोमिनार ४०० को अपडेटेड भर्सन लन्च

फ्याक्ट्री फिटेड एसेसरिजको साथमा बजाज डोमिनार ४०० को अपडेटेड भर्सन लन्च

बजाज अटोले पावरफुल बाइक बजाज डोमिनार ४०० को अपडेटेड मोडल भारतमा लन्च गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...