टाटा मोटर्स इलेक्ट्रिक बजारको लिडर बन्ने तयारीमा, बढी लामो रेन्जका कार आउँदै
विश्वभर विद्युतीय सवारी साधनले गति लिइरहेको छ । यही कारण कार निर्माता...
आयल ल्युब सिस्टम (ओएलएस) भारतको फरिदावादमा अवस्थित प्रसिद्ध अटोमोटिभ ग्यारेज इक्विपमेन्ट निर्माता कम्पनी हो । ओएलएसले ओईएम अर्थात ओरिजिनल म्यानुफ्याक्चररको रुपमा कम्पनीको मापदण्ड अनुसार उपकरण निर्माण गर्छ भने आफ्टर मार्केटको रुपमा त्यसै अनुसार ब्रान्डिङ गरेर उपलब्ध गराउने गर्छ ।
हालै भारतमा सम्पन्न भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ अन्तर्गतको कम्पोनेन्ट्स शोमा पनि ओएलएसले विभिन्न इक्विपमेन्ट प्रदर्शन गरेको थियो । सोही सन्दर्भमा नेपाल अटोका लागि एकराज सुवेदीसँग कुराकानी गर्दै ओएलएसका म्यानेजिङ डाइरेक्टर बी.एन. पाण्डेले कम्पनीका वारेमा जानकारी प्रदान गरे । सोही कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।
ओएलएस कस्तो कम्पनी हो ?
ओएलएस भारतको फरिदावादमा अवस्थित विश्व प्रसिद्ध कम्पनी हो । भारत वाहेक नेपाल, भुटान, बंगलादेश, विभिन्न अफ्रिकी देशहरुमा लगायतका देशहरुमा यसको व्यापारिक नेटवर्क छ । ग्यारेज इक्विपमेन्ट निर्माणका लागि यो हाल भारतकै नम्बर वान कम्पनी हो । ओएलएस किया, हुन्डाई, टाटा, सुजुकी, टीभीएस, रोयल इन्फिल्ड जस्ता भारतका अटोमोबाइलसँग सम्बन्धित करिव १०० कम्पनीद्वारा स्वीकृत प्रदान गरिएको उत्पादक कम्पनी हो ।
कस्ता किसिमका प्रोडक्ट कम्पनीले उपलब्ध गराइरहेको छ ?
टु ह्विलर वर्कशप अटोमेसन, कार वर्कशप अटोमेसन, ट्याक्टर वर्कशप अटोमेसन, टक वर्कशप अटोमेसन र मोबाइल सर्भिस भ्यान लगायतका विभिन्न इक्विपमेन्ट यसले उत्पादन गरिरहेको छ । मोबाइल सर्भिस भ्यानका लागि यो भारतमै नम्बर वान कम्पनी हो ।
अन्य कम्पनीका उत्पादनको तुलनामा आयल ल्युब सिस्टमलाई नै राम्रो मान्नुको कारण के हो ?
यसका प्रोडक्ट राम्रो र गुणस्तरीय त छँदैछ, बिक्री पछिको सेवा उपलब्ध गराउनका लागि आवश्यक सर्भिस नेटवर्क समेत निकै नै राम्रो छ । हामीले ग्राहकलाई प्रोडक्ट उत्पादन गराए पश्चात आवश्यक सेवा समेत सहज र गुणस्तरीय तरिकाले उपलब्ध गराएका छौ । कुनै पनि ग्राहकले कम्पनीको तर्फबाट प्राप्त गर्नुपर्ने सुविधा पाइरहेको अवस्था छ । यसका कारण पनि आयल ल्युब सिस्टमका प्रोडक्ट सबैको रोजाइमा परेको छ ।

नेपालमा यसको बजार कस्तो छ ?
नेपालमा हाल पञ्चकन्या मार्केटिङले यसको आधिकारिक वितरकको रुपमा कार्य गरिरहेको छ । व्यापारमा उथलपुथल आउने क्रम जहिले पनि चलिरहन्छ । तर हाल यसको बजार निकै नै राम्रो र सुधारिएको छ । हाम्रा डिलर र डिस्टिब्युटरले निकै नै मेहनत र उत्साहपूर्ण तरिकाले कार्य गरिरहेका छन् । त्यसैगरी हाम्रा प्रोडक्ट पनि राम्रा छन् । यसकारण पनि नेपालको बजार हाल राम्रो भएको छ ।
भारत र नेपाल वाहेक अन्य देशमा आयल ल्युब सिस्टमको बजार कस्तो छ ?
भारत र नेपाल वाहेक हाल अफ्रिका, मिडिल इस्ट, इन्डोनेसिया लगायतका देशमा राम्रो अवस्था छ । यो वर्ष देखि श्रीलंका र अन्य देशमा समेत हामीले प्लान्ट निर्माण र अन्य कार्यको योजना बनाएका छौ । विस्तारै अन्य देशमा समेत यसको विस्तार हुँदैछ । समग्रमा सन्तोषजनक छ ।
पछिल्लो समयमा कुनै नयाँ प्रोडक्ट उपलब्ध गराउनु भएको छ कि ?
हामीले अहिले नयाँ प्रोडक्टको रुपमा पेन्ट बुथ लिएका छौ । पहिले देखि नै प्रचलित भन्दा अहिले इन्फ्रारेड लगायतका विशेषता यसमा थपिएका छन् । इन्फ्रारेड र वाटरमार्कमा आधारित पेन्ट बुथ तथा ईभीका लागि आवश्यक ब्याट्री लिफ्टिङ ट्रली, ब्याट्री ह्यान्डलर र ब्याट्री चार्जर लगायतका विभिन्न इक्विपमेन्ट समेत सार्वजनिक गरिएको छ ।
ओएलएसका उत्पादनका वारेमा तपाईको थप भनाइ के छ ?
हामीले अधिकांश प्रोडक्ट आफै उत्पादन गर्छौ । अन्य कम्पनीले जस्तो चाइन वा ताइवानबाट ल्याएर बिक्री गर्ने गर्दैनौ । हामीले कम्प्लिट सोलुसनको रुपमा सबै प्रकारका प्रोडक्ट उत्पादन गर्दै आएका छौ । यसकारण बिक्री र बिक्री पछिको सेवा लगायतका सबै सुविधा उपलब्ध गराउछौ । यसकारण पनि हाम्रा प्रोडक्ट धेरैको रोजाइमा परेको मान्न सकिन्छ ।
हामीले ओइएम अर्थात ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चररको रुपमा विभिन्न कम्पनीलाई हाम्रा प्रोडक्ट उपलब्ध गराउने गरेका छौ । उनीहरुको आवश्यकता अनुसार नयाँ नयाँ प्रोडक्ट समेत विकास गर्ने गरेका छौ । त्यसैले हामीले ओइएम वा अन्य सबै प्रकारका प्रोडक्ट उत्पादन र बिक्री वितरण गर्ने गरेका छौ ।
विश्वभर विद्युतीय सवारी साधनले गति लिइरहेको छ । यही कारण कार निर्माता...
जापनिज टु ह्विलर निर्माता होन्डाले भारतीय बजारलाई लक्षित गरी १० वटा नयाँ...
भारतमा एकजना इलेक्ट्रिक स्कुटर आगलागी पीडितले ठूलो रकम क्षतीपूर्ती पाउने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...