बी.एन. पाण्डे भन्छन् – गुणस्तरीय प्रोडक्ट र आफ्टर सेल्स सर्भिसका कारण ग्राहकको रोजाइमा ओएलएस

आयल ल्युब सिस्टम (ओएलएस) भारतको फरिदावादमा अवस्थित प्रसिद्ध अटोमोटिभ ग्यारेज इक्विपमेन्ट निर्माता कम्पनी हो । ओएलएसले ओईएम अर्थात ओरिजिनल म्यानुफ्याक्चररको रुपमा कम्पनीको मापदण्ड अनुसार उपकरण निर्माण गर्छ भने आफ्टर मार्केटको रुपमा त्यसै अनुसार ब्रान्डिङ गरेर उपलब्ध गराउने गर्छ ।

हालै भारतमा सम्पन्न भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ अन्तर्गतको कम्पोनेन्ट्स शोमा पनि ओएलएसले विभिन्न इक्विपमेन्ट प्रदर्शन गरेको थियो । सोही सन्दर्भमा नेपाल अटोका लागि एकराज सुवेदीसँग कुराकानी गर्दै ओएलएसका म्यानेजिङ डाइरेक्टर बी.एन. पाण्डेले कम्पनीका वारेमा जानकारी प्रदान गरे । सोही कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।

ओएलएस कस्तो कम्पनी हो ?
ओएलएस भारतको फरिदावादमा अवस्थित विश्व प्रसिद्ध कम्पनी हो । भारत वाहेक नेपाल, भुटान, बंगलादेश, विभिन्न अफ्रिकी देशहरुमा लगायतका देशहरुमा यसको व्यापारिक नेटवर्क छ । ग्यारेज इक्विपमेन्ट निर्माणका लागि यो हाल भारतकै नम्बर वान कम्पनी हो । ओएलएस किया, हुन्डाई, टाटा, सुजुकी, टीभीएस, रोयल इन्फिल्ड जस्ता भारतका अटोमोबाइलसँग सम्बन्धित करिव १०० कम्पनीद्वारा स्वीकृत प्रदान गरिएको उत्पादक कम्पनी हो ।

कस्ता किसिमका प्रोडक्ट कम्पनीले उपलब्ध गराइरहेको छ ?
टु ह्विलर वर्कशप अटोमेसन, कार वर्कशप अटोमेसन, ट्याक्टर वर्कशप अटोमेसन, टक वर्कशप अटोमेसन र मोबाइल सर्भिस भ्यान लगायतका विभिन्न इक्विपमेन्ट यसले उत्पादन गरिरहेको छ । मोबाइल सर्भिस भ्यानका लागि यो भारतमै नम्बर वान कम्पनी हो ।

अन्य कम्पनीका उत्पादनको तुलनामा आयल ल्युब सिस्टमलाई नै राम्रो मान्नुको कारण के हो ?
यसका प्रोडक्ट राम्रो र गुणस्तरीय त छँदैछ, बिक्री पछिको सेवा उपलब्ध गराउनका लागि आवश्यक सर्भिस नेटवर्क समेत निकै नै राम्रो छ । हामीले ग्राहकलाई प्रोडक्ट उत्पादन गराए पश्चात आवश्यक सेवा समेत सहज र गुणस्तरीय तरिकाले उपलब्ध गराएका छौ । कुनै पनि ग्राहकले कम्पनीको तर्फबाट प्राप्त गर्नुपर्ने सुविधा पाइरहेको अवस्था छ । यसका कारण पनि आयल ल्युब सिस्टमका प्रोडक्ट सबैको रोजाइमा परेको छ ।

नेपालमा यसको बजार कस्तो छ ?
नेपालमा हाल पञ्चकन्या मार्केटिङले यसको आधिकारिक वितरकको रुपमा कार्य गरिरहेको छ । व्यापारमा उथलपुथल आउने क्रम जहिले पनि चलिरहन्छ । तर हाल यसको बजार निकै नै राम्रो र सुधारिएको छ । हाम्रा डिलर र डिस्टिब्युटरले निकै नै मेहनत र उत्साहपूर्ण तरिकाले कार्य गरिरहेका छन् । त्यसैगरी हाम्रा प्रोडक्ट पनि राम्रा छन् । यसकारण पनि नेपालको बजार हाल राम्रो भएको छ ।

भारत र नेपाल वाहेक अन्य देशमा आयल ल्युब सिस्टमको बजार कस्तो छ ?
भारत र नेपाल वाहेक हाल अफ्रिका, मिडिल इस्ट, इन्डोनेसिया लगायतका देशमा राम्रो अवस्था छ । यो वर्ष देखि श्रीलंका र अन्य देशमा समेत हामीले प्लान्ट निर्माण र अन्य कार्यको योजना बनाएका छौ । विस्तारै अन्य देशमा समेत यसको विस्तार हुँदैछ । समग्रमा सन्तोषजनक छ ।

पछिल्लो समयमा कुनै नयाँ प्रोडक्ट उपलब्ध गराउनु भएको छ कि ?
हामीले अहिले नयाँ प्रोडक्टको रुपमा पेन्ट बुथ लिएका छौ । पहिले देखि नै प्रचलित भन्दा अहिले इन्फ्रारेड लगायतका विशेषता यसमा थपिएका छन् । इन्फ्रारेड र वाटरमार्कमा आधारित पेन्ट बुथ तथा ईभीका लागि आवश्यक ब्याट्री लिफ्टिङ ट्रली, ब्याट्री ह्यान्डलर र ब्याट्री चार्जर लगायतका विभिन्न इक्विपमेन्ट समेत सार्वजनिक गरिएको छ ।

ओएलएसका उत्पादनका वारेमा तपाईको थप भनाइ के छ ?
हामीले अधिकांश प्रोडक्ट आफै उत्पादन गर्छौ । अन्य कम्पनीले जस्तो चाइन वा ताइवानबाट ल्याएर बिक्री गर्ने गर्दैनौ । हामीले कम्प्लिट सोलुसनको रुपमा सबै प्रकारका प्रोडक्ट उत्पादन गर्दै आएका छौ । यसकारण बिक्री र बिक्री पछिको सेवा लगायतका सबै सुविधा उपलब्ध गराउछौ । यसकारण पनि हाम्रा प्रोडक्ट धेरैको रोजाइमा परेको मान्न सकिन्छ ।

हामीले ओइएम अर्थात ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चररको रुपमा विभिन्न कम्पनीलाई हाम्रा प्रोडक्ट उपलब्ध गराउने गरेका छौ । उनीहरुको आवश्यकता अनुसार नयाँ नयाँ प्रोडक्ट समेत विकास गर्ने गरेका छौ । त्यसैले हामीले ओइएम वा अन्य सबै प्रकारका प्रोडक्ट उत्पादन र बिक्री वितरण गर्ने गरेका छौ ।

सम्बन्धित समाचारहरू

हुन्डाईको सस्तो इलेक्ट्रिक कार लन्च गर्ने योजना : आई१० इलेक्ट्रिकमा आउने

हुन्डाईको सस्तो इलेक्ट्रिक कार लन्च गर्ने योजना : आई१० इलेक्ट्रिकमा आउने

हुन्डाईले सानो इलेक्ट्रिक ह्याचब्याक ल्याउने तयारी गरिरहेको छ । सो...

लुम्बिनी केबलकार आगामी माघदेखि सञ्चालनमा आउने 

लुम्बिनी केबलकार आगामी माघदेखि सञ्चालनमा आउने 

काठमाडौं – रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पा...

३ सय किलोमिटर रेन्ज दाबी गरिएका ४ इलेक्ट्रिक कार नेपालमा, यस्तो छ मूल्य र पर्फमेन्स

३ सय किलोमिटर रेन्ज दाबी गरिएका ४ इलेक्ट्रिक कार नेपालमा, यस्तो छ मूल्य र पर्फमेन्स

अटो बजारमा अहिले इलेक्ट्रिक कार सर्बाधिक चर्चाको बिषय बनिरहेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...