पानी पर्दा कारको म्याटमुनि पत्रिका राख्नु हुन्छ ? के फाइदा छ? जान्नुहोस्
मनसुनको समयमा कारमा बाहिरको पानी, हिलो र ओसिलोपन कारभित्र पस्नु सामान्य...
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ब्रिक सम्मेलनमा भाग लिन भारत भ्रमण आएका छन् । भारतमा उनले प्रयोग गरेको लिमोजिन औरुस सेनाट कारले धेरैको ध्यान तानेको छ। सो गाडीलाई विश्वका सुरक्षित राष्ट्रपतीय सवारी साधनमध्ये एक मानिन्छ। यसको अत्याधुनिक सुरक्षा, शक्तिशाली इन्जिन र विलासी सुविधाका कारण यसलाई प्यालेस अन ह्विल भनेर समेत चिनिन्छ।
रुसी राष्ट्रपतिको सुरक्षालाई केन्द्रमा राखेर निर्माण गरिएको सो गाडी सामान्य लक्जरी लिमोजिनभन्दा निकै फरक छ। यसले गोली प्रहार, विस्फोट तथा अन्य सम्भावित खतराबाट यात्रुलाई सुरक्षित राख्न मद्दत गर्छ ।
औरुस सेनाट पहिलोपटक सन् २०१८ मा पुटिनको राष्ट्रपतीय उद्घाटन समारोहका क्रममा सार्वजनिक रूपमा देखिएको थियो। त्यसपछि यो रुसी राष्ट्रपतिको आधिकारिक सवारी साधनका रूपमा प्रयोग हुँदै आएको छ। यसको डिजाइन सोभियत युगको जेडआईएस११० लिमोजिनबाट लिइएको छ । यसको सिभिलियन भर्सन १२० युनिट वार्षिक उत्पादन हुन्छ र यसको मूल्य ३ करोड २५ लाख रुपैयाँ पर्छ ।
पुटिनले प्रयोग गर्ने औरुस सेनाटमा ४.४ लिटर ट्विन टर्बोचार्ज्ड भी८ इन्जिनसँग हाइब्रिड सिस्टम जोडिएको छ। यसले करिब ५९८ हर्सपावर र ८८० एनएमको टर्क उत्पादन गर्छ । यसको इन्जिन ९ स्पिड अटोमेटिक ट्रान्समिसन जोडिएको छ । सो गाडी निकै भारी भए पनि यसले करिब ९ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टासम्मको गति लिन सक्ने दाबी गरिएको छ। यसको अधिकतम गति करिब १६० किलोमिटर प्रतिघण्टा रहेको छ ।
यसको लम्बाइ ५६३० एमएम, चौडाइ २००० एमएम, उचाइ १७०० एमएम र ह्विलबेस ३३०० एमएम रहेको छ ।
यसमा भीआर१० ब्यालिस्टिक प्रोटेक्शनको आर्मरिङ, मोटो बुलेटप्रुफ ग्लास, रन फ्ल्याट टायर, विस्फोटबाट जोगाउने अन्डरबडी सुरक्षा र फायर सप्रेशन सिस्टम र रासायनिक हमलाबाट जोगाउने एयर फिल्ट्रेशन र छुट्टै अक्सिजन सप्लाई जस्ता सुविधा समावेश छ । साथै यसमा एक्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, ट्र्याक्सन कन्ट्रोल र एड्भान्स ब्रेकिङ सिस्टम जस्ता सेफ्टी फिचर रहेको छ ।
यसको इन्टेरियरमा हाई एन्ड लेदर, वुड ट्रिम र स्टेट अफ द आर्ट इन्फोटेनमेन्ट सिस्टम, मसाज तथा हिटिङ र कुलिङ सिट जस्ता फिचर रहेको छ । औरुस सेनाटको राष्ट्रपतीय संस्करण सामान्य बजारमा उपलब्ध लक्जरी कारभन्दा निकै फरक र विशेष रूपमा तयार गरिएको हुन्छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...