भारतमा ईभीको माग उच्च, उत्पादन बढाउनुपर्ने दबाबमा कम्पनी
काठमाडौं–भारतमा विद्युतीय सवारीसाधन (ईभी) को बजार हिस्सा तीव्र गतिमा...
काठमाडौं–लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नयाँ इलेक्ट्रिक एसयूभी बी०३एक्सको डेलिभरी सुरु गरेको छ । काठमाडौंमा सडक परीक्षण तथा औपचारिक सार्वजनिक कार्यक्रम सम्पन्न गरेपछि कम्पनीले पहिलो चरणका ग्राहकलाई गाडी हस्तान्तरण गरेको हो ।
डेलिभरी सुरु भएको अवसरमा सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले बी०३एक्सप्रति ग्राहकले देखाएको उत्साह र विश्वासप्रति धन्यवाद व्यक्त गरे । बाँकी बुकिङ भएका गाडी पनि छिटो ग्राहकसम्म पु-याउन कम्पनीको टोली सक्रिय रहेको उनले बताए ।
नेपाली सडक र भूगोललाई ध्यानमा राखेर ल्याइएको बी०३एक्समा १४५ किलोवाटको मोटर र ५३ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । कम्पनीका अनुसार यसले एकपटकको फुल चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज प्रदान गर्छ । यसमा १९० एमएम ग्राउन्ड क्लियरेन्स उपलब्ध छ ।
फास्ट चार्जरको प्रयोग गर्दा यसको ब्याट्री १६ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ । एसयूभीमा १४.६ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, १२ वटा स्पिकरयुक्त साउन्ड सिस्टम र लेभल २ एडास प्रविधि समावेश छन्। यसको ५१० लिटरको बुट स्पेसलाई पछाडिको सिट फोल्ड गरेर १ हजार ६०५ लिटरसम्म विस्तार गर्न सकिन्छ ।
स्टेलान्टिस समूह अन्तर्गतको लिपमोटरले हालसम्म विश्वभर १९ लाखभन्दा बढी गाडी बिक्री गरिसकेको छ । विश्वका ४५ भन्दा बढी देशमा २ हजारभन्दा बढी बिक्री तथा सेवा केन्द्र रहेको लिपमोटरले नेपाली बजारमा पनि आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्य राखेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...