कोरला नाकाबाट १५ दिनमै ६४१ युनिट ईभी आयात, १ अर्व ७८ करोड राजश्व संकलन

काठमाडौं–कोरला नाकामा रहेको मुस्ताङ भन्सार कार्यालयले पछिल्लो १५ दिनको अवधिमा १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ ।

भदौ १० गते गएको बाढीपहिरोका कारण रसुवागढी–केरुङ र तातोपानी नाका पूर्ण रूपमा ठप्प भएपछि चीनबाट हुने मालवस्तुको आयात कोरला नाकातर्फ मोडिएको हो ।

भन्सार कार्यालयका अनुसार भदौ १० देखि २५ गतेसम्मको अवधिमा मात्रै ४३४ वटा कन्टेनर र ६४१ वटा विद्युतीय सवारी साधन (इभी) को जाँचपास भइसकेको छ ।

अन्य मुख्य नाका बन्द भएपछि कोरला नाका चीनसँगको मुख्य वैकल्पिक व्यापारिक मार्गका रूपमा स्थापित हुँदै गएको छ । भदौ २२ गतेयता यस भन्सारबाट दैनिक औषत ३० करोड रुपैयाँको हाराहारीमा राजस्व संकलन भइरहेको छ ।

चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ सम्म कोरला नाका हुँदै भित्रिएका सवारी तथा मालवाहक सवारीबाट कुल २ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व उठिसकेको छ । गत आर्थिक वर्ष २०८२/८३ मा भने यस नाकाबाट ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...