कृष्णभीरमा एकतर्फी यातायात सुचारु, ग्यास बुलेटलाई प्राथमिकता

काठमाडौँ - पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ ।

सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको हो । सडक खुलाउन ग्रेड मिलाउने तथा सम्याउने कामपछि ट्रायलका रूपमा सवारीसाधन सञ्चालन गरिएको हो ।

कृष्णभीर पहिरोबाट सडक सञ्चालनमा ल्याउने कार्य अन्तर्गत परीक्षणकाे रूपमा काठमाडौँ-चितवनतर्फ एउटा बुलेट सवारीसहित करिब २० वटा सवारीसाधन पास गराइएको छ।

यसैगरी, चितवन-काठमाडौ तर्फबाट एउटा भारी सवारी साधनसमेत सफलतापूर्वक पास गराइएको छ। सडकलाई पूर्ण सञ्चालनमा ल्याउने कार्य तीव्र गतिमा जारी छ।

सडकको अवस्था हेरेर यातायातलाई थप सहज बनाइने जनाइएको छ । सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम भने अझै बाँकी छ । बाटो पूर्णरुपमा सञ्चालनमा आउन केही दिने लाग्नेछ।

तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारी साधनलाई मात्र आवतजावत गराउने तयारी छ।

भदौ १० गते आएको त्रिशूली बाढीका कारण कृष्णभीरको सडक कटान हुँदा सडक अवरुद्ध छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...