कारमा एआईको बढ्दो प्रयोगले खोल्दैछ प्रविधि कम्पनीका लागि अर्बौं डलरको नयाँ बजार

आधुनिक कारहरू अब केवल इन्जिन, गियरबक्स र अन्य मेकानिकल पार्ट्समा मात्र सीमित नरही सफ्टवेयर, कनेक्टिभिटी र एआईले सुसज्जित कम्प्युटिङ प्लेटफर्मका रूपमा विकास भइरहेका छन्। यही परिवर्तनसँगै अटोमोटिभ सेक्टर आईटी, एआई र सेमीकन्डक्टर कम्पनीका लागि ठूलो व्यावसायिक बजारका रूपमा अघि बढ्न थालेको छ।

अटोमोबाइल क्षेत्रमा एआईको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम र अटोनोमस ड्राइभिङ प्रविधिको विस्तार हो। अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन किपिङ असिस्ट, अडेप्टिभ क्रुज कन्ट्रोल र सेल्फ ड्राइभिङसम्मका सुविधाका लागि कम्प्युटर भिजन, मेसिन लर्निङ र रियल टाइम एआई प्रोसेसिङ आवश्यक हुन्छ।

यस्ता प्रविधि विकास गर्न ठुलो मात्रामा डेटा संकलन, एआई मोडल ट्रेनिङ, सिमुलेशन र हाई परफर्मेन्स कम्प्युटिङको आवश्यक पर्छ । जसले गर्दा एआई चिप, क्लाउड कम्प्युटिङ र सफ्टवेयर प्लेटफर्म उपलब्ध गराउने कम्पनीका लागि अटोमोटिभ क्षेत्र आकर्षक बजार बन्दै गएको छ।

एआईको प्रयोग ड्राइभिङ सिस्टममा मात्र सीमित नभई नयाँ पुस्ताका कारमा एआईमा आधारित भ्वाइस असिस्टेन्ट, स्मार्ट नेभिगेसन, इन्फोटेनमेन्ट र व्यक्तिगत सुविधा पनि विस्तार हुँदै गएको छ । एज एआईको मद्दतले केही एआई सिधै कारमा सञ्चालन गर्न पनि सकिन्छ । यसले रियल टाइम रेस्पोन्स राम्रो हुनुका साथै प्रत्येक कामका लागि क्लाउडमा निर्भर हुनुपर्ने आवश्यकता पनि घटाउन सक्छ।

अटो क्षेत्रमा सफ्टवेयर डिफाइन्ड भेइकलको अवधारणा पनि महत्वपूर्ण हिस्सा बन्दै गएको छ। यसले सवारी साधनका केही फिचर सफ्टवेयर मार्फत अपडेट गर्न सकिन्छ। एआईको प्रभाव सवारी साधनमा मात्र नभई अटोमोबाइल उत्पादन गर्ने कारखानामा बढ्न थालेको छ । प्रोडिक्टिभ मेन्टेनेन्स, क्वालिटी इन्स्पेक्सन, रोबोटिक्स, सप्लाई चेन अप्टिमाइजेशन, डिजिटल ट्विन र फ्याक्ट्री अटोमेशन जस्ता क्षेत्रमा एआईको प्रयोग बढिरहेको छ। यसले एआई कम्पनीका लागि कार निर्माता कम्पनीमा मात्र नभई कम्पोनेन्ट निर्माता र उत्पादन प्लान्टसम्म आफ्नो प्रविधि बिक्री गर्ने अवसर सिर्जना गरेको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...