स्पार्क प्लग हेरेर थाहा पाउन सकिन्छ इन्जिनको अवस्था, कुन संकेतले के भन्छ?
पेट्रोल इन्जिन भएका कार वा मोटरसाइकलमा स्पार्क प्लग निकै महत्वपूर्ण...
काठमाडौं–सवारी दुर्घटनापछि गाडीको बाहिरी भागमा लागेको डेन्ट, स्क्र्याच वा केही बडी पार्ट्स मर्मत गरेर गाडीलाई पुनः सडकमा ल्याउनु सामान्य अभ्यास हो । तर दुर्घटनामा क्षति पुगेका सबै पार्टलाई यही तरिकाले मर्मत गर्न मिल्दैन ।
विशेषगरी एयरब्याग, सिटबेल्ट र गाडीको साइड स्ट्रक्चर जस्ता सुरक्षा प्रणालीमा गरिएको सामान्य मर्मतले भविष्यको दुर्घटनामा यात्रुको जीवन जोखिममा पार्न सक्छ ।
दुर्घटनापछि गाडीको मूल्यांकन गर्दा बाहिरी रूपमा देखिने क्षतिभन्दा भित्र लुकेको क्षति महत्वपूर्ण हुन्छ । एयरब्याग, सिटबेल्टको प्रिटेन्सनर, क्र्यास सेन्सर, बी–पिलर, साइड सिल तथा ढोकाभित्रका रिइन्फोर्समेन्टजस्ता पार्टहरू गाडीको ‘सेफ्टी सिस्टम’ का महत्वपूर्ण हिस्सा हुन् । यी पार्ट्सहरू दुर्घटनाका बेला यात्रुलाई जोगाउन निश्चित तरिकाले काम गर्ने गरी डिजाइन गरिएका हुन्छन् ।
एयरब्याग किन पुनः प्रयोग गर्न मिल्दैन ?
एयरब्याग सामान्य कुशन होइन । यो दुर्घटना भएको केही मिलिसेकेन्डमै निश्चित गतिमा फुलेर यात्रुको शरीरलाई स्टेयरिङ, ड्यासबोर्ड वा अन्य कठोर संरचनासँग ठोक्किनबाट जोगाउन डिजाइन गरिएको एकपटक प्रयोग हुने सुरक्षा उपकरण हो ।
दुर्घटनामा एयरब्याग खुलेपछि त्यसलाई फेरि फोल्ड गरेर राख्नु वा सामान्य तरिकाले ‘रिपेयर’ गर्नु सुरक्षित हुँदैन । एयरब्यागसँगै त्यसलाई सक्रिय गर्ने इन्फ्लेटर, क्र्यास सेन्सर, कन्ट्रोल मोड्युल, वायरिङ तथा अन्य सम्बन्धित कम्पोनेन्ट पनि दुर्घटनाबाट प्रभावित हुन सक्छन् ।
त्यसैले एयरब्याग खुलेको अवस्थामा केवल नयाँ कभर लगाएर वा ड्यासबोर्डको बाहिरी भाग मिलाएर गाडी तयार गर्नु पर्याप्त हुँदैन । निर्माताले तोकेको प्रक्रियाअनुसार प्रभावित सुरक्षा प्रणालीको परीक्षण तथा आवश्यक पार्टको प्रतिस्थापन गर्नुपर्छ ।
सिटबेल्ट पनि सामान्य बेल्ट होइन
धेरैलाई दुर्घटनापछि सिटबेल्ट बाहिरबाट ठीक देखिएपछि त्यसलाई पुनः प्रयोग गर्न सकिन्छ भन्ने लाग्न सक्छ । तर आधुनिक गाडीको सिटबेल्टमा प्रिटेन्सनर र लोड लिमिटर जस्ता सुरक्षा प्रविधि हुन्छन् ।
दुर्घटनाका क्रममा प्रिटेन्सनर सक्रिय भएर यात्रुको शरीरलाई सिटमा मजबुत रूपमा थाम्न बेल्टलाई तत्काल कस्न सक्छ । यस्तो प्रणाली सक्रिय भएपछि बाहिरबाट बेल्ट सामान्य देखिए पनि यसको भित्री सुरक्षा क्षमता पहिलेको अवस्थामा नहुन सक्छ ।
त्यसैले काटिएको, तानिएको, जाम भएको वा दुर्घटनामा प्रिटेन्सनर सक्रिय भएको सिटबेल्टलाई सिलाउने, जोड्ने वा अन्य तरिकाले सामान्य अवस्थामा फर्काउने प्रयास गर्नु जोखिमपूर्ण हुन्छ । आवश्यक अवस्थामा पूरै बेल्ट एसेम्बली तथा प्रिटेन्सनर प्रतिस्थापन गर्नुपर्ने हुन्छ ।
गाडीको साइड स्ट्रक्चर झन् बढी संवेदनशील
साइड इम्प्याक्ट दुर्घटना अगाडिबाट वा पछाडिबाट हुने दुर्घटनाभन्दा फरक हुन्छ । गाडीको अगाडिको भागमा इन्जिन कम्पार्टमेन्ट वा अन्य संरचनाले ऊर्जा सोस्ने ठाउँ तुलनात्मक रूपमा बढी हुन्छ । तर साइडबाट यात्रुसम्मको दूरी कम हुने भएकाले साइड स्ट्रक्चरको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ ।
बी–पिलर, साइड सिल÷रकर, ढोकाभित्रको रिइन्फोर्समेन्ट तथा अन्य संरचनात्मक भागले दुर्घटनाको ऊर्जा व्यवस्थापन गर्दै यात्रुको बस्ने स्थान अर्थात् ‘अकुपेन्ट सर्भाइबल स्पेस’ जोगाउन सहयोग गर्छन् ।
यस्ता संरचना दुर्घटनामा गम्भीर रूपमा बांगिएका वा कुच्चिएका छन् भने केवल ह्यामरले ठोक्ने, हाइड्रोलिक मेसिनले तान्ने वा जथाभावी वेल्डिङ गरेर पहिलेको आकारमा ल्याउनु मात्र पर्याप्त हुँदैन । आकार मिलेको देखिनु र कारखानाबाट निर्धारित संरचनात्मक क्षमता फर्किनु एउटै कुरा होइन ।
दुर्घटनापछि गाडीलाई नयाँजस्तो देखाउनु र दुर्घटनाअघिकै स्तरमा सुरक्षित बनाउनु दुई फरक विषय हुन् । एयरब्याग, सिटबेल्ट र साइड स्ट्रक्चर यात्रुको सुरक्षासँग प्रत्यक्ष जोडिएका प्रणाली भएकाले यिनमा जथाभावी मर्मत वा पुनःप्रयोग गर्नु हुँदैन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...