ओला स्कुटर अब जेन–३ प्लेटफर्मममा बन्ने

आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकलको रेन्ज सार्वजनिक गर्ने कार्यक्रममा ओलाले भविष्यका इलेक्ट्रिक स्कुटरबारे खुलासा गरेको छ । ओलाले नयाँ इलेक्ट्रिक स्कुटरलाई आफ्नो जेन–३ लेटफर्ममा अपग्रेड गर्ने खुलासा गरेको हो ।

नयाँ जेन–३ प्लेटफर्मले हाल प्रयोगमा आएको जेन–२ प्लेटफर्मको तुलनामा २६ प्रतिशत राम्रो प्रदर्शन तथा लागतमा २२.५ प्रतिशत कमी दिने ओलाको दाबी छ । ब्रान्डको ’इनसाइड द बक्स’ दर्शनको आधारमा ब्याट्री, मोटर र इलेक्ट्रोनिक्सलाई एउटै यूनिटमा एकीकृत गरिने कम्पनीले जनाएको छ ।

जेन–३ ब्याट्रीमा ४ हजार ६८० वटा सेल हुने र यसले जेन–२ को तुलनामा १० प्रतिशत उच्च ऊर्जा घनत्व दिने बताइएको छ । साथै यसको थर्मल दक्षतामा समेत सुधार गरिनेछ । जेन–३ प्लेटफर्ममा आधारित स्कुटरमा ओलाले ब्याट्री व्यवस्थापन प्रणाली (बिएमएस) र मोटर कन्ट्रोल युनिट (एमसियू) लाई मल्टि–कोर प्रोसेसरमा एकीकृत गर्ने जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...