ठुलो ब्याट्री खेलाडी बन्ने ओलाको लक्ष्य
ओला इलेक्ट्रिकले अब विश्वव्यापी लिथियम–आयन ब्याट्री बजारमा ठुलो खेलाडी...
ओला इलेक्ट्रिकले १० लाख दुई पाङ्ग्रे इलेक्ट्रिक सवारी साधन उत्पादन गर्दै नयाँ इतिहास रचेको छ। सो उपलब्धि हासिल गर्ने पहिलो कम्पनी बनेको ओलाले आफ्नो फ्युचर फ्याक्ट्रीबाट १० लाखौं ईभी सार्वजनिक गरेको हो । सोही अवसरमा कम्पनीले रोडस्टर एक्स प्लस नामक विशेष संस्करण मोटरसाइकल पनि लन्च गरेको छ ।
ओला इलेक्ट्रिकले सन् २०२१ मा सवारी साधन उत्पादन सुरु गरेको थियो। चार वर्षभन्दा कम अवधिमा नै कम्पनीले यस स्तरको सफलता हात पार्नु उल्लेखनीय मानिन्छ। हाल ओला एस१ सिरिजका स्कुटर र रोडस्टर सिरिजका मोटरसाइकल बजारमा उपलब्ध छन् । गत महिना मात्रै ओला इलेक्ट्रिक भारतको दोस्रो ठूलो इलेक्ट्रिक दुई पाङ्ग्रे कम्पनी बनेको थियो।
नयाँ रोडस्टर एक्स प्लस मोटरसाइकल गाढा नीलो रङमा प्रस्तुत गरिएको छ । यसअघि गत अगस्ट १५ मा आयोजित संकल्प कार्यक्रममा कम्पनीले ४६८० भारत सेल प्रविधिमा आधारित नयाँ मोडलहरू प्रस्तुत गरेको थियो । यसअन्तर्गत एस१ प्रो प्लस स्कुटरमा ५.२ किलोवाट ब्याट्री र रोडस्टर एक्स प्लस मोटरसाइकलमा ९.१ किलोवाट ब्याट्री उपलब्ध गराइएको छ।
साथै कम्पनीले स्पोर्ट्स स्कुटर श्रेणीमा प्रवेश गर्दै नयाँ एस१ प्रो स्पोर्ट मोडल पनि ल्याएको छ, जसमा ५.२ किलोवाट र ४ किलोवाट ब्याट्री प्याक उपलब्ध छ । यसको डेलिभरी जनवरी २०२६ मा सुरु हुनेछ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...