ओला इलेक्ट्रिकको बिक्री ६० प्रतिशतले घट्दा शीर्ष स्थानमा उक्लियो टीभीएस

इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधनको बजारमा ओला इलेक्ट्रिकको प्रदर्शन कमजोर बन्दै गएको छ। मे २०२५ मा कम्पनीको बिक्री केवल १५ हजार २२१ युनिटमा सीमित रह्यो, जुन गत वर्षको सोही महिनाको तुलनामा ६० प्रतिशत कम हो। बिक्रीमा आएको गिरावटसँगै कम्पनीको बजार हिस्सा पनि घटेर २० प्रतिशतमा झरेको छ।

टीभीएस मोटर कम्पनी २५ प्रतिशत बजार हिस्सासहित पहिलो स्थानमा उक्लिएको छ। बजाज अटो २२.६ प्रतिशत हिस्सासहित दोस्रो स्थानमा रहँदा, एथर इनर्जीको हिस्सासमेत घट्दै १३.१ प्रतिशतमा झरेको छ। अघिल्लो महिनामा एथरको बजार हिस्सा १४.९ प्रतिशत थियो।

ओला इलेक्ट्रिक अहिले विवादमा समेत मुछिएको छ। भारतका विभिन्न राज्यमा सञ्चालित स्टोरमध्ये धेरैजसोले आवश्यक कानुनी कागजातबिना व्यवसाय गर्दै आएको पाइएपछि सरकारी निकायले छापा मार्ने, पसल सिल गर्ने र सवारी साधन जफत गर्ने काम अघि बढाएको छ । महाराष्ट्रमा मात्रै १२१ स्टोर बन्द गराउन निर्देशन दिइएको छ।

फेब्रुअरी २०२५ मा ओलाले २५ हजार सवारी साधन बिक्री गरेको दाबी गरे पनि सरकारी पोर्टलअनुसार सो महिनामा मात्र ८ हजार ६०० युनिट मात्र दर्ता भएका थिए। सो तथ्यांकले कम्पनीको रिपोर्टमा शंका पैदा गरेको छ। आरटीओले मार्च महिनामा मात्र चार पटक विभिन्न स्थानमा छापा मारी सयौं सवारी साधन जफत गरेको हो।

यसबाहेक, ओला इलेक्ट्रिकको सेयर बजारमा पनि गिरावट देखिएको छ। कम्पनीको स्टक पछिल्लो एक वर्षमा ४१ प्रतिशतले घटेको छ। यद्यपि मे महिनामा भने सेयर मूल्य ७ प्रतिशतले बढेर ५२.८८ भारुमा बन्द भएको थियो। कम्पनीको हालको बजार पूँजी २२.२० हजार करोड भारु रहेको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...