नाडा अटो शोमा जोनसेनका शक्तिशाली अफरोडदेखि प्रिमियम मोडलका बाइक, मूल्य कति ?
काठमाडौं–काठमाडौंमा जारी नाडा अटो शो २०२५ मा जोनसेनले आफ्ना विभिन्न...
देश भरिका अटोमोवाइल व्यवसायीहरुको केन्द्रीय संस्था नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले गण्डकी प्रदेश सरकारले हालै जारी गरेको बजेट वक्तव्य मार्फत सवारी साधनहरुको वार्षिक करमा गरेको भारी मात्राको वृद्धि तथा ६/६ महिनामा सवारी साधनहरु जाँचपास गर्नुपर्ने अव्यवहारिक तथा जनतालाई दुःख दिने झन्झटिलो नीति अविलम्व खारेज गरि पुरानै व्यवस्था कायम गर्न माग गरेको छ ।
नाडाले विगत देखि नै सम्पूर्ण प्रदेशहरुमा सवारी साधनहरुको कर समान हुनुपर्ने माग राख्दै आएको बताएको छ । सोही अनुसार केही महिना अघि मात्रै ७ वटै प्रदेशका मन्त्रीहरुको बैठक बसी सबै प्रदेशहरुमा समान सवारी कर लागु गर्ने सहमति समेत भइसकेको बताएको छ ।
तर सो सहमति विपरित अहिले आएर गण्डकी प्रदेश सरकारले मात्र एकतर्फी रुपमा भारी मात्रामा सवारी कर वृद्धि गर्नुका साथसाथै ६(६ महिनामा सवारी जाचँपास गर्नुपर्ने झन्झटिलो नीति समेत ल्याएकोमा नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले विरोध जनाउँदै तत्काल फिर्ता लिन माग गरेको हो ।
काठमाडौं–काठमाडौंमा जारी नाडा अटो शो २०२५ मा जोनसेनले आफ्ना विभिन्न...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी फागुन ९ देखि आयोजना...
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि पर्सि मतदान...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...