गण्डकी प्रदेशमा पेट्रोल र डिजेलबाट चल्ने कारमा पनि बढ्यो अत्याधिक कर

गण्डकी प्रदेश सरकारले पेट्रोल र डिजेलबाट चल्ने कारमा पनि भारी मात्राले कर बृद्धि गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा प्रदेशले गाडीको सीसी क्षमता अनुसार करमा बृद्धि गरेको हो ।

२५ सय देखि २९ सय सीसी क्षमताका सवारीमा यसअघि लाग्दै आएको ४० हजार रुपैयाँलाई बढाएर ५० हजार रुपैयाँ पुर्याइएको छ । चालू वर्षमा २९ सयदेखि माथि सीसी क्षमताका सवारीले वार्षिक रूपमा ५६ हजार कर तिर्दै आएकोमा अब नयाँ वर्गीकरण गरेर ३५ सय सीसी क्षमताका गाडीहरुले छुट्टै कर तिर्नुपर्ने भएको छ । उनीहरुले वार्षिक ६५ हजार तिर्नुपर्न छ ।

एक हजारदेखि १५ सय सीसी क्षमताका गाडीको कर तीन हजारले बढेको छ । चालू वर्षसम्म यी सवारीको कर २२ हजार मात्रै थियो । एक हजार सीसीसम्म क्षमताका निजी सवारी साधन कार, जीप, भ्यान, माइक्रोबसले वार्षिक रुपमा २२ हजार बुझाउनु पर्नेछ । अहिले यी गाडीले २० हजार कर बुझाइरहेका छन ।

दुइपांग्रे सवारीमा पनि सीसी छुट्याएर कर लिने भएको छ । १२५, १२५–१५०, १५०–२२५, २२५–४००, ४००–६५० र ६५० भन्दामाथि गरी ६ वटा प्रकार तय गरिएको छ । हाल ४ तहमा मात्रै वर्गीकरण गरिएको छ । अब १२५ सीसी क्षमताका सवारीले ३ हजार, १५० सम्म ५ हजार, २२५ सम्म ६ हजार ५ सय, ४ सयसम्म ११ हजार, ६५० सम्म २० हजार र त्यसमाथिका सवारीलाई ३० हजार कर तोकिएको छ ।

आगामी वर्षदेखि अर्धवार्षिक रूपमा सवारीको जाँचपास गर्नुपर्ने प्रावधान पनि ल्याएको छ । टिप्परले अब ४२ हजार कर तिर्नुपर्छ भने डोजर, एक्साभेटर, लोडर, क्रेन, मिनिटिप्परले अहिलेकै कर तिरे पुग्छ । अहिले यि सवारीको कर ४० हजार छ । कृषि क्षेत्रमा प्रयोग हुने, ट्रयाक्टर, पावरटेलरलाई १ हजार ३ सय देखि ३ हजारसम्म कर बढाइएको छ ।
ट्रयाक्टरको कर ४ हजारबाट ७ हजार पुग्दा पावरटेलरको ३ हजार २ सय बाट ४ हजार ५ सय पुगेको छ । मिनिट्रक र मिनिबसको कर २७ हजार कायम गरिएको छ । ट्रक र बसले भने ३५ हजार तिर्नुपर्छ ।

इलेक्ट्रिक भेइकलमा भने ५० किलोवाट सम्मको इलेक्ट्रिक कारमा कर नलाग्ने व्यवस्था मिलाएको छ भने त्यसमाथि १२५ किलोवाटसम्ममा वार्षिक १० हजार, १२५ किलोवाटदेखि २०० किलोवाटसम्ममा १५ हजार र २०० किलोवाट माथिका गाडीमा २० हजार वार्षिक कर लाग्ने व्यवस्था गरेको छ ।

त्यसैगरी इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटरको हकमा भने ३५० वाटदेखि १ हजार वाटसम्ममा १ हजार, एक हजार वाटदेखि १५ सय वाटसम्मकाले एक हजार ५ सय रुपैयाँ र २ हजार वाटमाथिकाले वार्षिक २ हजार रुपैयाँ कर तिर्नु पर्ने व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचारहरू

डिजेल र मट्टीतेलको मूल्य ३० रूपैयाँले बढ्यो, पेट्रोलकाे कति ?

डिजेल र मट्टीतेलको मूल्य ३० रूपैयाँले बढ्यो, पेट्रोलकाे कति ?

काठमाडौँ – नेपाल आयल निगमले डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य...

युरो ६ मापदण्ड आएमा गाडीको मूल्य महंगो हुने, अन्य सम्भावना यस्तो

युरो ६ मापदण्ड आएमा गाडीको मूल्य महंगो हुने, अन्य सम्भावना यस्तो

फेरि एक पटक युरो ६ को चर्चा चुलिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले केही...

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम परियोजना निर्माण सम्पन्न, पाइप लाइनबाटै पेट्रोल आयात सुरु

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम परियोजना निर्माण सम्पन्न, पाइप लाइनबाटै पेट्रोल आयात सुरु

काठमाडौं – भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाटै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...