अब ओला स्कुटरमा क्रिकेट स्कोर र ह्वाट्सएप म्यासेज देखिने, स्मार्टवाचबाट पनि नियन्त्रण हुने

ओला इलेक्ट्रिकले आफ्ना सबै एस१ इलेक्ट्रिक स्कुटर तथा रोडस्टर एक्स मोटरसाइकलमा नयाँ सफ्टवेयर मुभओएस ५ अपडेट गरेको छ । सो अपडेट अघिल्लो वर्ष अगस्टमा बिटा संस्करणमा उपलब्ध गराइएको थियो भने अहिले सबै ग्राहकका लागि उपलब्ध गराइएको छ । कम्पनीका अनुसार, यसले प्रयोगकर्तालाई अझ सहज र स्मार्ट अनुभव प्रदान गर्नेछ। ग्राहकले सो अपडेट ओभर द एयर मार्फत सजिलै प्राप्त गर्न सक्नेछन्।

नयाँ मुभओएस ५ अपडेटसँगै विभिन्न आकर्षक तथा उपयोगी सुविधा पनि थपिएको छ । स्कुटरको स्क्रिनमा अब प्रत्यक्ष क्रिकेट स्कोर हेर्न सकिनेछ, साथै व्हाट्सएप सन्देश पनि देखिनेछ। त्यस्तै, अब स्मार्टवाच प्रयोग गरेर स्कुटर लक-अनलक गर्न, बुट स्पेस खोल्न सकिनेछ।

यस अपडेटमा समावेश भएका प्रमुख विशेषतामा भारत मोड नामको नयाँ नीलो थिम हो, जसमा नाचिरहेको मयूरको प्वाँखको झलक देखिन्छ । डीआईवाई मोड अन्तर्गत प्रयोगकर्ताले स्कुटरको पावर, टप स्पिड, एड्भान्स रिजन र थ्रोटल सेन्सटिभिटी पनि आफैँले सेट गर्न सक्छन् ।

स्मार्ट पार्किङ सुविधा अन्तर्गत स्कुटर पछाडि पार्किङ गर्दा अगाडि-पछाडि चल्न सक्छ र पार्क पछि आफैँ सामान्य मोडमा फर्कन्छ। रोड ट्रिप मोडले प्रयोगकर्तालाई समूह बनाएर अन्य ओला स्कुटरसँग मिलेर यात्रा योजना बनाउन सहयोग पुर्‍याउनेछ ।

दुर्घटनाको अवस्थामा, एसओएस अलर्ट सुविधा प्रयोग गरेर ५ सेकेन्डभित्र तीनवटा सेभ गरिएका सम्पर्कमा आपतकालीन सूचना पठाउन सकिनेछ । नोटिफिकेशन सेन्टरले सवारीमा रहेका एचएमआई स्क्रिनमार्फत मोबाइल सूचनाको स्मार्ट ढंगले व्यवस्थापन गर्न मद्दत गर्छ।

अपडेट नयाँ ओला इलेक्ट्रिक स्कुटरमा क्रिकेट स्कोर र मौसम सम्बन्धी प्रत्यक्ष जानकारी प्राप्त गर्न सकिनेछ । साथै यसमा फाइन्ड माइ भेइकल जस्ता सुविधा पनि उपलब्ध छ। सो सुविधा प्रयोग गरेर ग्राहकले भीडभाड वा कम दृश्यता भएको ठाउँमा स्कुटर सजिलै फेला पार्न सक्नेछन् । ओलाको यस अपडेटले इलेक्ट्रिक सवारी प्रयोगकर्तालाई अझ प्राविधिक, सुरक्षित र सुलभ बनाउने विश्वास गरिएको छ।

सम्बन्धित समाचारहरू

ओला इलेक्ट्रिक मोटरसाइकल सेगमेन्टमा प्रवेश गर्ने, प्रोटोटाइप सार्वजनिक

ओला इलेक्ट्रिक मोटरसाइकल सेगमेन्टमा प्रवेश गर्ने, प्रोटोटाइप सार्वजनिक

ओलाकाे भारतीय टू-ह्वीलर बजारमा इलेक्ट्रिक स्कुटर सेगमेन्ट निकै लोकप्रिय छ...

चालक बिना चल्न सक्ने पहिलो अटोनोमस इलेक्ट्रिक स्कुटर हुनेछ ओला सोलो

चालक बिना चल्न सक्ने पहिलो अटोनोमस इलेक्ट्रिक स्कुटर हुनेछ ओला सोलो

ओला इलेक्ट्रिकले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर ‘ओला सोलो’ सार्वजनिक गर्ने...

यस्तो छ ओलाले ल्याउन लागेको नयाँ मोटरसाइकल, २ सेकेन्डमै १०० किमी प्रतिघण्टा गुड्ने

यस्तो छ ओलाले ल्याउन लागेको नयाँ मोटरसाइकल, २ सेकेन्डमै १०० किमी प्रतिघण्टा गुड्ने

अटोमोबाइल उद्योगमा यस्तो विद्युतीय मोटरसाइकल आउँदैछ जसले गति, सुरक्षा,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...