थप फिचर र नयाँ ग्राफिक्सका साथ नेपालमा होन्डा एक्सआर १९०एल, मूल्य पनि बढ्यो

काठमाडौं – नेपालका लागि होन्डा मोटरसाइकलको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले अफरोड एड्भेन्चर बाइक नयाँ होन्डा एक्सआर १९० एल बिक्रीका लागि उपलब्ध गराएको छ ।

नयाँ एक्सआर १९० एलमा पहिले भन्दा फरक ग्राफिक्स रहेको छ भने फुल डिजिटल डिस्प्ले, रिडिजाइन गरिएको हेडल्याम्प र चार्जिङ पोर्ट लगायतका विभिन्न नयाँ फिचर रहेका छन् ।

यी वाहेक इन्जिन र अन्य विभिन्न फिचर भने यथावत रहेका छन् । यसको मूल्यमा भने वृद्धि गरिएको छ ।

यो मोटरसाइकलमा भएको १८४.४ सीसी एयरकुल्ड, सिंगल सिलिन्डर एसओएचसी इन्जिनले १५.६ एचपी पावर र १५.७ एनएम टर्क जेनेरेट गर्छ ।

२४५ एमएमको उच्च ग्राउण्ड क्लियरेन्सका कारण बाइकलाई जस्तोसुकै अफरोडमा समेत सहजताका साथ कुदाउन सकिन्छ । सबै उचाइका चालकहरुलाई उपयुक्त हुने गरी यसमा ८२३ एमएम हाइटको सिट राखिएको छ ।

यो मोटरसाइकलमा भएको पीजीएम–एफआई इन्जिनले इन्जिन डाटाको आधारमा सिलिन्डरमा उपयुक्त मात्रामा इन्धन पु-याउछ । १२ लिटरको इन्धन ट्यांकी भएकाले लामो दुरीको यात्रा बिना कुनै झन्झट गर्न सकिन्छ ।

पहिले यसको मूल्य ७ लाख ६९ हजार ९ सय रहेकोमा अब यसको मूल्य ७ लाख ९८ हजार ९ सय रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचारहरू

होन्डा डायग्नोसिस्टक सिस्टमका साथ फ्रि हेल्थ चेकअप हुँदै, एयरब्याग परिवर्तन सहित विभिन्न छुट हुने

होन्डा डायग्नोसिस्टक सिस्टमका साथ फ्रि हेल्थ चेकअप हुँदै, एयरब्याग परिवर्तन सहित विभिन्न छुट हुने

काठमाडौं – नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिड...

जापानी अटो कम्पनीहरुको नयाँ उत्पादन गन्तव्य बन्दै भारत, तेस्रो अटो हब बन्ने दौडमा

जापानी अटो कम्पनीहरुको नयाँ उत्पादन गन्तव्य बन्दै भारत, तेस्रो अटो हब बन्ने दौडमा

विश्व अटो उद्योग अहिले एक ऐतिहासिक मोडमा पुगेको छ । दशकौँदेखि चीन र...

होन्डा फेस्टिभ बोनान्जा : हरेक १५ दिनमा साढे तीनलाख जित्ने मौका

होन्डा फेस्टिभ बोनान्जा : हरेक १५ दिनमा साढे तीनलाख जित्ने मौका

काठमाडौं – नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...