होन्डा डायग्नोसिस्टक सिस्टमका साथ फ्रि हेल्थ चेकअप हुँदै, एयरब्याग परिवर्तन सहित विभिन्न छुट हुने

काठमाडौं – नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिड कम्पनीले होन्डा गाडीका ग्राहकहरुलाई मध्यनजर गरि फ्रि सर्भिस क्याम्प आयोजना गर्ने भएको छ ।

काठमाण्डौ, ललितपुर र भक्तपुरलाई लक्षित गरि आयोजना गरिने सो ३ दिनको फ्रि सर्भिसिङ होन्डा कार सर्भिस सेन्टर धोबिघाट, ललितपुरमा आयोजना हुनेछ । आागमी मंगलबार अर्थात जेठ २७ देखि सो क्याम्प प्रारम्भ हुनेछ र २९ गते सम्म चल्ने छ ।

सो अवसरमा २००१ मोडल देखि २०१४ मोडल सम्मका कम्पनीद्वारा तोकिएका गाडीहरुमा होन्डा सेफ्टी रिकल अन्तर्गत निःशुल्क रुपमा एयरब्याग पनि परिवर्तन गर्ने जानकारी कम्पनीले दिएको छ । सो अवसरमा ग्राहकहरुलाई उक्त फ्रि सर्भिस क्यम्पबाट लाभ लिन समेत कम्पनीले अनुरोध गरेको छ ।

क्याम्पको अवसरमा लेबर चार्जमा १० प्रतिशत, पार्टसमा ७ प्रतिशत, ल्युबमा ५ प्रतिशत, एसी रिफिलमा २० प्रतिशत र डेन्ट पेन्टमा १० प्रतिशत छुट प्रदान गरिने छ भने एचडीएस स्क्यान निःशुल्क गरिदिने कम्पनीको भनाइ छ ।

भविष्यमा पनि कम्पनीले आफ्ना ग्राहकहरुलाई यस्तै प्रकारका सेवा प्रदान गर्दै जाने बताइएको छ ।

सम्बन्धित समाचारहरू

अटो मेकानिक्स व्यवसायी संघको साधारण सभा सम्पन्न, अटो भिलेज निर्माणको प्रतिबद्धता

अटो मेकानिक्स व्यवसायी संघको साधारण सभा सम्पन्न, अटो भिलेज निर्माणको प्रतिबद्धता

काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघको २९औं वार्षिक साधारणसभा...

के हो सीभीटी ट्रान्समिसन यसका फाइदा र बेफाइदाहरू जान्नुहोस्

के हो सीभीटी ट्रान्समिसन यसका फाइदा र बेफाइदाहरू जान्नुहोस्

कारमा नयाँ नयाँ परिवर्तनहरू तीव्र गतिमा भइरहेका छन् । आजकल कार उत्पादन...

बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको पद हस्तान्तरण सम्पन्न, व्यवसायीलाई एकजुट बनाएर अघि बढ्ने

बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको पद हस्तान्तरण सम्पन्न, व्यवसायीलाई एकजुट बनाएर अघि बढ्ने

बुटवल – बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको १४औ महाअधिवेशनबाट निर्वाचित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...