न्युरोडको पार्किङ समस्या समाधान गर्न एनएसी भवनमा बहुतले पार्किङ बनाउन महानगरको प्रस्ताव

काठमाडौँ - काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको पार्किङ समस्या समाधान गर्न नेपाल वायुसेवा निगम (एनएसी) को भवनलाई बहुतले (मल्टीस्टोरी) पार्किङका रूपमा विकास गर्ने प्रस्ताव अघि सारेको छ । महानगरले उक्त भवन उपलब्ध गराउन संघीय सरकारसँग अनुमति मागेको हो ।

आइतबार काठमाडौं महानगर नगर प्रहरी बलको ३४औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले यस्तो जानकारी दिएकी हुन् । सीमित स्थानको अधिकतम सदुपयोग गर्दै कोर क्षेत्रको पार्किङ समस्या दीर्घकालीन रूपमा समाधान गर्न निगमको भवनलाई मल्टीस्टोरी पार्किङ बनाउन संघीय सरकारसँग विशेष अनुरोध गरिएको उनले बताइन् ।

‘काठमाडौंको भित्री (कोर) क्षेत्रमा पार्किङको समस्या दिनप्रतिदिन बढ्दो छ । हाम्रो क्षेत्रफल सीमित भएकाले उपलब्ध ठाउँको सही सदुपयोग गरेर व्यवस्थापन गर्नुको विकल्प छैन,’ डंगोलले भनिन्, ‘न्युरोडमा रहेको एनएसी बिल्डिङलाई मल्टीस्टोरी पार्किङ बनाउन महानगरलाई इजाजत दिन संघीय सरकारसँग विशेष अनुरोध गरेका छौँ। यो संरचना बनेपछि कोर एरियाको पार्किङ समस्या समाधानमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।’

महानगरपालिकाले नयाँ ठाउँ थप्नेभन्दा पनि हाल उपलब्ध संरचनाकै उचित सदुपयोग गर्ने नीति लिएको छ। यसै सन्दर्भमा काठमाडौंभरिको पार्किङ समस्या र त्यसको दिगो व्यवस्थापनबारे अहिले विज्ञहरूको टोलीले विस्तृत अध्ययन गरिरहेको कार्यवाहक प्रमुख डंगोलले जानकारी दिइन् ।

उनका अनुसार अध्ययनको प्रतिवेदन केही समयभित्रै प्राप्त हुनेछ र विज्ञहरूले दिएको सुझावका आधारमा पार्किङ प्रणालीलाई व्यवस्थित बनाउँदै कार्यान्वयनको काम अघि बढाइनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...