भोटेकोशी बाढीमा बगाएको मोटरवापत करिव डेढ अर्ब बीमा दावी

काठमाडौं – गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको विवरण आउने क्रम जारी छ । यसै सन्दर्भमा भदौ १५ सम्ममा मोटर बीमामा ३ सय १३ बीमीतले एक अर्ब ५५ करोड रुपैयाँको माग दाबी गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार मोटर वीमामा यो रकम माग दावी गरिएको हो । रसुवा भन्सार र यसको यार्ड तथा अन्य स्थानमा भएका सवारी साधनका साथै कन्टेनर समेत बगाएको थियो । यकिन तथ्यांक नआए पनि करिव ८ सय सवारी साधन बगाएको अनुमान गरिएको छ । अन्य स्थानमा भएका व्यक्तिगत सवारी साधनको झन कुनै तथ्यांक नै छैन ।

रसुवा बाढीमा भएको भौतिक क्षतिको बीमा माग दाबी विगतका विपदभन्दा धेरै भएको छ । भदौ १० गते गएको रसुवा बाढीका कारण भएको क्षतिमा भदौ १५ गतेसम्ममा २५ अर्ब ८७ करोडको दाबी परेको भएपनि यो अझै बढ्ने निश्चित छ । बाढीले पु¥याएको क्षतिको प्रारम्भिक विवरण समेत नआउँदै बीमा कम्पनीहरूमा हालसम्मकै धेरै बीमा दाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । आगामी दिन यो दाबी रकम अझै बढ्ने स्पष्ट छ ।

कुल ५ सय ८३ बीमीतले २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बरारको माग दावी गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै माग दाबी इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामा परेको छ । सो शीर्षकमा ५२ बीमीतले २० अर्ब ५० करोड रुपैयाँ माग दाबी गरेका छन् । त्यसैगरी सम्पत्ति बीमातर्फ ११३ बीमीतले २ अर्ब ३४ करोड रुपैयाँ माग दाबी गरेका छन् । साथै परिवहन बीमामा ४७ बीमीतले ८९ करोड ७७ लाख, अन्य बीमा शिर्षकमा ५४ बीमीतले ५२ करोड ९२ लाख र स्वास्थ्य बीमामा ४ बीमीतले ४ करोड १६ लाख माग दाबी गरेको प्राधिकरणले जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...