८१ लाख ९९ हजारमा लङ रेन्ज एमजी जेडएस ईभी
काठमाडौं – नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले लङ...
भारतिय बजारमा निकै राम्रो चर्चा पाइरहेको एमजीको विद्युतिय कार विन्डसर अपडेट भएर आएको छ । विन्डसरमा एमजीले ठूलो ब्याट्री प्याक दिएर अपडेट गरेको होे । ब्याट्री सहित यसको मूल्य १७ लाख ४९ हजार भारु तोकिएको छ । उक्त मूल्य सुरुवातमा बुकिङ लिने ८ हजार ग्राहकका लागिमात्र लागु हुने जनाइएको छ ।
विन्डसर प्रो नामले आएको सो ईभीमा ५२.९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जाडन गरिएको छ । विन्डसर यसअघि ३८ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध थियो । यस कारलाई ७.४ किलोवाटको एसी चार्जरले १० घन्टामा फुल चार्ज गर्न सकिन्छ भने ६० किलोवाट क्षमताको डिसी फास्ट चार्जरले ५० मिनेटमै २० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
ब्याट्रीको साइज बढेसंगै माइलेजमा समेत सुधार आई ४४९ किलोमिटर पुगेको छ । नयाँ भेरिएन्ट ब्याट्री–एज–ए–सर्भिस प्रोग्राममा समेत उपलब्ध छ । जसको मूल्य १२ लाख ४९ हजार भारु निर्धारण गरिएको छ ।
ब्याट्री बाहेक यसको सेफ्टि फिचरमा समेत ब्यापक अपडेट गरिएको छ । नयाँ संस्करण्मा लेभल२ एडिएएस लगायत अन्य आधुनिक सेफ्टि फिचर उपलब्ध गराइएको छ भने इन्टेरियरमा ब्यापक परिमार्जन गरिएको छ । नयाँ भेरिएन्टमा अव १८ इन्चको एलोई ह्विल र भेइकल टु भेइकल तथा भेइकल टु लोड फिचर थप गरिएको छ ।
एमजी विन्डसर नेपाली बजारमा समेत प्रतिक्षा गरिएको ईभी हो । एमजीको नेपालका लागि आधिकारिक वितरक पारमाउन्ट मोटर्सले यस नयाँ ईभीलाई आगामी जेठ महिनाको पहिलो साता लन्च गर्ने तयारी गरेको छ ।
काठमाडौं – नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले लङ...
काठमाडौं– एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारमाउन्ट मोटर्सले...
एमजी मोटरले नयाँ इलेक्ट्रिक कार लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले गत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...