भारतको पहिलो डी प्लस एसयूभी एमजी म्याजेस्टर नाइमा एक्सपोमा सार्वजनिक, १५ लाख ५० हजार फाइदा हुने
काठमाडौं नेपालका लागि जेएसडब्लु एमजी मोटरको आधिकारिक वितरक जीओ...
भारतिय बजारमा निकै राम्रो चर्चा पाइरहेको एमजीको विद्युतिय कार विन्डसर अपडेट भएर आएको छ । विन्डसरमा एमजीले ठूलो ब्याट्री प्याक दिएर अपडेट गरेको होे । ब्याट्री सहित यसको मूल्य १७ लाख ४९ हजार भारु तोकिएको छ । उक्त मूल्य सुरुवातमा बुकिङ लिने ८ हजार ग्राहकका लागिमात्र लागु हुने जनाइएको छ ।
विन्डसर प्रो नामले आएको सो ईभीमा ५२.९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जाडन गरिएको छ । विन्डसर यसअघि ३८ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध थियो । यस कारलाई ७.४ किलोवाटको एसी चार्जरले १० घन्टामा फुल चार्ज गर्न सकिन्छ भने ६० किलोवाट क्षमताको डिसी फास्ट चार्जरले ५० मिनेटमै २० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
ब्याट्रीको साइज बढेसंगै माइलेजमा समेत सुधार आई ४४९ किलोमिटर पुगेको छ । नयाँ भेरिएन्ट ब्याट्री–एज–ए–सर्भिस प्रोग्राममा समेत उपलब्ध छ । जसको मूल्य १२ लाख ४९ हजार भारु निर्धारण गरिएको छ ।
ब्याट्री बाहेक यसको सेफ्टि फिचरमा समेत ब्यापक अपडेट गरिएको छ । नयाँ संस्करण्मा लेभल२ एडिएएस लगायत अन्य आधुनिक सेफ्टि फिचर उपलब्ध गराइएको छ भने इन्टेरियरमा ब्यापक परिमार्जन गरिएको छ । नयाँ भेरिएन्टमा अव १८ इन्चको एलोई ह्विल र भेइकल टु भेइकल तथा भेइकल टु लोड फिचर थप गरिएको छ ।
एमजी विन्डसर नेपाली बजारमा समेत प्रतिक्षा गरिएको ईभी हो । एमजीको नेपालका लागि आधिकारिक वितरक पारमाउन्ट मोटर्सले यस नयाँ ईभीलाई आगामी जेठ महिनाको पहिलो साता लन्च गर्ने तयारी गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...