‘कस्टमर सेल्स स्याटिस्फेक्सन इन्डेक्स’मा एमजीले पछि पार्यो टोयोटा र हुन्डाइलाई

जेडी पावरले भारतामा अघिल्लो बर्षका लागी गरेको ‘कस्टमर सेल्स स्याटिस्फेक्सन इन्डेक्स’ सर्बेक्षणमा एमजी मोटर्सले अग्र स्थान हासिल गरेको छ । सन् २०१९ मा हेक्टर एसयुभीमार्फत भारत प्रवेश गरेको एमजीेले छोटो समय अबधीमै यस्तो उपलब्धी हाँसिल गरेको हो ।

१ हजार प्वाइन्ट स्केललाई आधार मानेर गरिएको उक्त सर्बेक्षणमा ८८१ स्कोर प्राप्त गर्दै एमजी मोटर्स अग्र स्थानमा आएको हो । एमजीपछि टोयोटाले ८७७ र हुन्डाइले ८७५ स्कोर हाँसिल गरेका छन् ।

कुल ५ हजार ५ सय ९३ नयाँ ग्राहक सामेल उक्त सर्बेक्षण ६ भिन्न पक्षमा आधारित भई गरिएको जेडी पावरले बताएको छ । उक्त सर्बेक्षणमा मास मार्केट सेग्मेन्टलाई मात्र समेटिएको थियो ।

जसअन्तर्गत डेलीभरी प्रोसेसका लागि २० प्रतिशत, डिलर सुबिधाका लागी १८ प्रतिशत, पेपरवर्क कम्प्लिसनका लागी १७ प्रतिशत, वर्किङ आउट दि डिलका लागी १५ प्रतिशत, सेल्स कन्सलट्यन्टका लागी १५ प्रतिशत र ब्रान्ड वेभसाइटका लागी १४ प्रतिशतका आधारमा मूल्याँकन गरिएको थियो ।

उक्त सर्बेक्षणका क्रममा केही नयाँ तथ्यहरु समेत बाहिर आएका छन् । सर्बेक्षणमा सामेल ग्राहकमध्ये ८५ प्रतिशतले अनलाइनमार्फ गाडीको जानकारी लिएको बताएका थिए भने ६८ प्रतिशतले साथीभाईको सल्लाहामा आफै उपस्थित भई नयाँ कार खरिद गरेको बताएका थिए । २० प्रतिशत ग्राहकले मात्र अनलाइनमार्फत खरिद गरेको बताए ।

सम्बन्धित समाचारहरू

नयाँ अवतारमा आउँदै एमजी–४, यस्तो हुनेछ विशेषता

नयाँ अवतारमा आउँदै एमजी–४, यस्तो हुनेछ विशेषता

एमजीले आफ्नो लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक कार एमजी४ लाई नयाँ अवतारमा...

एमजीले देखायो नेक्स्ट जेन हेक्टरको क्याविन

एमजीले देखायो नेक्स्ट जेन हेक्टरको क्याविन

एमजीले निकट भविषयमै बजारमा आउने तयारी भैरहेको नेक्स्ट जेन हेक्टरको...

८१ लाख ९९ हजारमा लङ रेन्ज एमजी जेडएस ईभी

८१ लाख ९९ हजारमा लङ रेन्ज एमजी जेडएस ईभी

काठमाडौं – नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले लङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...