बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
चीनकै सबैभन्दा ठूलो कमर्सियल भेइकल ब्रान्ड फोटोन मोटरले एक करोडौं गाडी ‘रोल आउट’ गरेको छ । फोटोन मोटरले स्थापना भएको २५ वर्षमै एक करोड गाडी उत्पादन गर्न सफल भएको हो ।
एक करोड गाडी उत्पादन गरेको अवसरमा फोटोन डेमलर अटोमोटिभले चीनमा नयाँ अमान ग्यालेक्सी ट्रक सार्वजनिक गरेको छ जसलाई ‘प्रविधिक सुन्दरता र गतिशीलताको सम्मिश्रण’ भनी व्याख्या गरिएको छ ।
फोटोनले गएको मार्च महिना मात्रै एक लाख एक हजार एकसय ६६ वटा गाडी बिक्री गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा ५९ प्रतिशत बढी हो ।
विश्वको सबैभन्दा ठूलो ‘लजिस्टिक्स मार्केट’को नेतृत्व लिने लक्ष्यका साथ फोटोनको स्थापना सन् १९९६ को अगस्टमा भएको थियो । लगत्तै फोटोनले विश्वकै लोकप्रिय अटोमोबाइल क्षेत्रका कम्पनीहरु कमिन्स, डेमलर ग्रुप र जेडएफसँग नीतिगत साझेदारी गरेको थियो ।

कमिन्स हेभी–ड्युटी ट्रक बजारको आइकन हो जुन संसारकै सबैभन्दा ठूलो इन्जिन निर्माता समेत हो । त्यसैगरी, जर्मनीको डेमलर ग्रुप विश्वको सबैभन्दा ठूलो प्रिमियम कमर्सियल भेइकल निर्माता कम्पनी हो भने जेडएफ संसारको सबैभन्दा ठूलो ट्रान्समिसन तथा च्यासिस टेक्नोलोजी सप्लायर हो ।
नयाँ आविष्कार र उत्कृष्टताका लागि फोटोनले चीन, जर्मनी जापानमा रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरहरु स्थापना गरेको छ जहाँ ४० भन्दा बढी मुलुकका ६ हजार पाँच सय इन्जिनियरले पाँच हजारभन्दा बढी प्याटेन्ड निर्माण गरिसकेका छन् ।
फोटोनका उत्पादन विश्वका २७ वटा एसेम्बली प्लान्टमा उत्पादन भई एक सय १० देशमा उपलब्ध छन् । नेपालमा एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले फोटोनका पिकअप, भ्यान र एम्बुलेन्सको बिक्री–वितरण गर्दै आएको छ ।

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...