मासिक किस्ता ८,५५६ वा १३,५६० मा यसरी लिन सकिन्छ यामाहाको बीएस६ एमटी–१५
काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको बीएस६ इन्जिनयुक्त यामाहा एमटी–१५...
यामाहाको स्कुटर रे जेडआर १२५ एफआईले भर्खरै बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको छ । नेपाली बजारमा समेत यामाहाको यो स्कुटर लोकप्रिय मानिनछ । ‘फ्युल इन्जेक्सन’ (एफआई) प्रविधिको ‘पायोनियर’ यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई सार्वजनिक गरेको थियो ।
यामाहा रेजेडआर १२५एफआई ‘फास्टेस्ड पिकअप’ भएको स्कुटर हो । यसले मात्र ७.५९ सेकेन्डमा शुन्यदेखि ६० किलोमिटर प्रतिघन्टाको गति लिनसक्छ भने यसको माइलेज सेग्मेन्टमै सबैभन्दा बढी ५८ किलोमिटर प्रतिघन्टा रहेको छ ।
यसका साथै यसमा ‘स्टप एन्ट स्टार्ट सिस्टम’, ‘साइड स्ट्यान्ड इन्जिन कट अफ स्विच’ जस्ता एक्सक्लुसिभ फिचरहरु छन् । साथै यसको कर्बवेट ९९ किलोग्राम मात्र रहेको छ र यसमा एफआई प्रविधि र बीएस६ इन्जिन रहेको छ ।
रे जेडआर १२५ एफआईमा ‘वाई’ आकारको एलईडी लाइट, नयाँ ‘डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर’, ‘क्वायट स्टार्ट अप’ का लागि स्मार्ट मोटर जेनेरेटर र ‘युनिफाइड ब्रेकिङ सिस्टम’ रहेको छ ।
भारत विश्वकै सबैभन्दा ठूलो टु–ह्विलर बजार हो । भारतकै सबैभन्दा प्रतिष्ठित अवार्ड जितेर यामाहा रेजेडआर १२५ एफआईले आफूलाई विश्वकै सर्वोत्कृष्ट स्कुटर भएको सावित गरेको छ । यो अवार्डले यो स्कुटरलाई भारतमा निकै रुचाइएको सन्देश पनि दिएको छ । नेपालमा पनि यामाहा रे जेडआर १२५ एफआईलाई ग्राहकले निकै रुचाएको कम्पनीको भनाइ छ ।
‘यामाहा रेजेड आरले भारतकै प्रतिष्ठित अवार्ड जितेकोमा हामी निकै खुशी छौं । हामीलाई विश्वास थियो यो स्कुटर अभुतपूर्व छ । स्कुटर अफ द इयर अवार्डले यसलाई अन्तर्राष्ट्रिय सम्मान दिलाएको छ । हामी यसमा गौरवान्वित छौं,’ स्कुटर अफ द इयर अवार्ड जितेपछि एमएडब्ल्यु–यामाहाका सीईओ चिरञ्जीवी शाहले भने ।
नेपालमा यामाहाको आधिकारिक वितरकको रुपमा एमएडब्ल्यु इन्टरप्राइजेजले कार्य गरिरहेको छ ।
काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको बीएस६ इन्जिनयुक्त यामाहा एमटी–१५...
यामाहाले आफ्नो लोकप्रिय इन्ट्रि लेवल स्पोर्ट वाइक आर१५ मा नयाँ फिचर थप...
जापनिज टु ह्विलर निर्माता यामाहाले डब्लुआर १५५ आरको मोन्स्टर इनर्जी एडिसन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...