आजबाट बिक्री सुरु हुँदै एमजी एस५, यस्तो छ विशेषता

काठमाडौं– एमजीको बहुप्रतिक्षित विद्युतीय एसयूभी एस५ आज लन्च हुँदै छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आधिकारिक वितरक पारमाउन्ट मोटर्सले एस५ लन्च गर्न लागेको हो ।

विगत केही समयदेखि परिक्षण र टेष्ट ड्राइभ गरिँदै आएको एस५ को मूल्य समेत निकै आकर्षक हुने अनुमान गरिएको छ । कम्पनीले यसअघि भन्सार प्रयोजनका लागी यसको मूल्य ४७ लाख देखि ५८ लाखसम्म निर्धारण गरेको थियो ।

स्केलेबल मोडुलर प्लेटफर्ममा बनेको एमजी एस५ मा रियर ह्विल ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सन लगायतका विभिन्न फिचर छन् । यी सबैका कारण ह्यान्डलिङ, स्टेबिलिटी र कम्फर्टमा सहजता थपिएको छ । स्मुद र डाइनामिक राइडका लागि यो सेगमेन्टमै पहिलो पटक सस्पेन्सन सेटअप विकास गरिएको छ ।

यसमा विश्वकै सबैभन्दा पातलो अल्ट्रा थिन ब्याट्री प्रयोग गरिएको छ । इन्ट्री लेभल मोडलमा ४९.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा ३४० किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ । त्यसैगरी अर्को भेरिएन्टमा ६२.२ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा ४३० किलोमिटरको रेन्ज दिन्छ ।

एमजी एस५ ईभीले ७.१ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको टप स्पिड १७५ किलोमिटर प्रतिघण्टा छ ।

यो गाडीमा इनबिल्ट आईस्मार्ट सिस्टम छ, जसले टिकटक, च्याटजीपीटी, स्पोटीफाई र युट्युब लगायतका प्रसिद्ध एपलाई एकीकृत गरी ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउछ ।

एस५ मा १२.८ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र माथिल्लो भेरिएन्टमा प्यानोरामिक सनरुफ लगायतका विशेषता छन् । यसमा ९९ किलोवाटको मोटर छ ।

एमजी एस५ ले नेपाली बजारमा बीवाईडी एट्टो ३, ओमोडा ई५ र टाटा नेक्सन ईभी लगायतसंग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

नयाँ अवतारमा आउँदै एमजी–४, यस्तो हुनेछ विशेषता

नयाँ अवतारमा आउँदै एमजी–४, यस्तो हुनेछ विशेषता

एमजीले आफ्नो लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक कार एमजी४ लाई नयाँ अवतारमा...

लन्च भयाे एमजी एस५, मूल्य ४३ लाख ९९ हजार

लन्च भयाे एमजी एस५, मूल्य ४३ लाख ९९ हजार

काठमाडाैं – एमजीको बहुप्रतिक्षित विद्युतीय एसयूभी एस५ नेपाली बजारमा...

सोमबार नेपालमा सार्वजनिक हुँदै एमजीको नयाँ ईभी एस६

सोमबार नेपालमा सार्वजनिक हुँदै एमजीको नयाँ ईभी एस६

काठमाडौं – नेपालमा एमजीको नयाँ ईभी आगामी साता सार्वजनिक हुने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...