एमजी हेक्टर हक भारतमा सार्वजनिक हुँदै
एमजी मोटर इन्डियाले आफ्नो नयाँ हेक्टर हक अगस्ट २८ मा सार्वजनिक गर्ने तयारी...
एमजी मोटर इन्डियाले आफ्नो लोकप्रिय एसयूभी एमजी हेक्टरलाई अझ हाईटेक फिचर सहित अपडेट गर्ने तयारी गरेको छ। कम्पनीले कनेक्टेड मोबिलिटीलाई प्राथमिकता दिँदै नयाँ हेक्टरलाई थप आधुनिक र सहज बनाउने भएको छ ।
नयाँ एमजी हेक्टरमा हाई परफर्मेन्स इन्फोटेनमेन्ट सिस्टम हुने अनुमान गरिएको छ । यसमा १० जीबीसम्मको र्याम दिने सम्भावना छ, जसले स्क्रिन रेस्पोन्स, प्रोसेसिङ गति र सम्पूर्ण सञ्चालनलाई उल्लेखनीय रूपमा छिटो बनाउनेछ।
नयाँ हेक्टर इन्फोटेनमेन्ट सिस्टमले मल्टी टच जेस्चर पनि सपोर्ट गर्नेछ । यसमा युजरले हातको इशारा प्रयोग गरेर फ्यानको स्पिड, म्युजिक कन्ट्रोल वा अन्य फिचरहरू सञ्चालन गर्न सकिने व्यवस्था प्रदान गर्नेछ। यस्तो सुविधा चालकको ध्यान बाटोमा केन्द्रित राख्न मद्दत गर्ने हुँदा यो सुरक्षा र आराम दुवैका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।
एमजी हेक्टर पहिले नै भारतमा सबैभन्दा कनेक्टेड एसयूभीमध्ये एक मानिन्छ। तर नयाँ अपडेटपछि यसको इन्टरफेस अझ सरल, सहज र प्रयोगकर्तामैत्री बन्नेछ। यात्रुहरूलाई नेभिगेसन, मिडिया वा अन्य इन-कार कन्ट्रोल प्रयोग गर्दा स्मार्टफोनजस्तै आधुनिक अनुभव प्राप्त हुनेछ। यसले एमजीको प्राविधिक अग्रगमन र भविष्यमुखी सोचलाई अझ स्पष्ट बनाएको छ।
नयाँ इन्फोटेनमेन्ट सिस्टमका साथ एमजी हेक्टरले अब थप सहज, बुद्धिमान र भविष्यवादी कनेक्टेड ड्राइभिङ वातावरण प्रदान गर्नेछ, जसले सो एसयूभीलाई आफ्नो सेग्मेन्टमा अझ प्रतिस्पर्धी र आकर्षक बनाउने अनुमान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...