भारतमा एमजी हेक्टर फेसलिफ्ट लन्च, बुकिङ सुरु

एमजी मोटर इन्डियाले भारतमा एमजी हेक्टर फेसलिफ्ट एसयूभी लन्च गरेको छ । नयाँ हेक्टरलाई एक्स्टेरियर इन्टेरियर डिजाइनमा उल्लेखनीय सुधारसहित बजारमा उतारिएको छ । यसमा नयाँ डिजाइनको हेक्सा आकारको क्रोम ग्रिल दिइएको छ, जसले एसयूभीलाई अझ प्रिमियम र आकर्षक बनाएको छ। साथै, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टममा जेस्चर कन्ट्रोल जस्तो फिचर पनि थप गरिएको छ।

२०२५ मोडलको नयाँ एमजी हेक्टर ५ सीटर र ७ सीटर दुवै भेरिएन्टमा उपलब्ध हुनेछ । ५ सीटर भेरिएन्टको मूल्य ११ लाख ९९ हजार र ७ सीटर भेरिएन्टको मूल्य १७ लाख ३० हजार भारुबाट सुरु हुन्छ । कम्पनीले यी मूल्यहरू सीमित संख्यामा उपलब्ध एकाइका लागि मात्र लागू हुने जनाएको छ ।

एमजीले यसलाई पूर्ण रूपमा नयाँ पुस्ताको मोडलका रूपमा प्रस्तुत गरेको भए पनि यसको डिजाइन, क्याबिन थिम र कल अप्सनमा परिवर्तन गरिएको छ । क्याबिनभित्र नयाँ फिनिस र अपडेटेड इन्टेरियर थिम दिइएको छ ।

सेफ्‍टीका लागि यसमा लेभल–२ एडास प्रविधि, ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम र अन्य आवश्यक सेफ्टी फिचर समावेश छ ।

नयाँ एमजी हेक्टरको बुकिङ भारतमा सुरु भइसकेको छ। बजारमा यसले टाटा ह्यारियर, टाटा सफारी, महिन्द्रा स्कोर्पियो एन, फेसलिफ्ट गरिएको महिन्द्रा एक्सयूभी ७एक्सओ र हुन्डाई अल्काजारसँग प्रतिस्पर्धा गर्नेछ। साथै, एमजीले सन् २०२६ मा हेक्टर र हेक्टर प्लसका डिजेल भेरिएन्टहरू पुनः बजारमा ल्याउने योजना बनाएको छ ।

सम्बन्धित समाचारहरू

जेएसडब्लु एमजी मोटर इण्डियामा लगानी घटाउने एसएआईसीको निर्णय

जेएसडब्लु एमजी मोटर इण्डियामा लगानी घटाउने एसएआईसीको निर्णय

चिनियाँ अटो निर्माता एसएआईसीले जेएसडब्लु मोटर इण्डियामा आफ्नो...

जेडएस ईभीमा भएको आगलागी घटनाको ‘साइड इफेक्ट’ के ?

जेडएस ईभीमा भएको आगलागी घटनाको ‘साइड इफेक्ट’ के ?

काठमाडौं– नेपाली ईभी प्रेमीले निकै नै रुचाएको एमजी जेडएस ईभी अहिले एउटा...

सस्तो भएर आयो एमजी कमेट २ र जेडएस ईभी, प्रति किलोमिटरको हिसाबले रकम तिर्नुपर्ने

सस्तो भएर आयो एमजी कमेट २ र जेडएस ईभी, प्रति किलोमिटरको हिसाबले रकम तिर्नुपर्ने

एमजी मोटर्स इन्डियाले भारतीय ईभी लाईनअप अपडेट गरेको छ। कम्पनीले आफ्नो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...