टियागो ईभी किन्नेलाई नबिल बैंकले ९.९९ प्रतिशत ब्याजदरमा ऋण दिने
काठमाडौं – नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ र नबिल बैंक...
काठमाडौं– एमजीले भारतमा ईभीको बिक्री ह्वात्तै बढाएको छ । हालै लन्च गरिएको विन्डसर ईभी चम्किँदा एमजीले यस सेग्मेन्टमा टाटा ईभीसंगको दुरी निकै कम गर्न सफल भएको हो ।
जनवरीमा एमजीले कुल ४ हजार २२५ यूनिट ईभी बेचेर हालसम्मकै सर्बाधिक बिक्री रेकर्ड कायम गरेको छ । जुन, टाटाले सोही महिना बिक्री गरेको कुल ५ हजार ३७ यूनिटको तुलनामा ८१२ यूनिटले मात्र कम हो । विन्ड्सर ईभी लन्च भएसंगै एमजीले टाटासंगको दुरी निरन्तर कम गर्दै लगेको छ ।
चालु आर्थिक वर्षको १० महिनामा टाटाले कुल ४८ हजार ५६५ यूनिट ईभी बिक्री गरेर यस सेग्मेन्टमा ५७ प्रतिशत बजार हिस्सा होल्ड गरेको छ । यसैगरी दोस्रो सर्बाधिक ईभी बिक्री गरेको एमजीले सोही अबधीमा २१ हजार ४६४ यूनिट बिक्री सहित बजार हिस्सा २१ प्रतिशत पुर्याएको छ ।
टाटासंग अहिले नेक्सन, पन्च, टियागो, टिगोर र कर्भ ईभी बिक्रीका लागी उपलब्ध छ भने एमजीले जेडएस, कोमेट र विन्ड्सरमात्रै बिक्री गरिरहेको छ । प्रतिस्पर्धी बढेसंगै टाटाको बिक्री निरन्तर घटेको छ ।
गत वर्षको १० महिनामा ७० प्रतिशत हिस्सा लिएको टाटा चालु आर्थिक वर्षको सोही अबधीमा ५७ प्रतिशतमा खुम्चिएको छ भने एमजीले गत वर्षको तुलनमा १३ प्रतिशतले सुधार गरेको हो ।
टाटा र एमजीपछि तेस्रो धेरै ईभी बिक्री गर्ने ब्रान्ड महिन्द्रा बनेको छ । महिन्द्राले जनवरीमा ६८६ यूनिट एक्सयूभी ४०० बिक्री गरेको छ भने १० महिनाको अबधीमा उसले कुल ५ हजार ६९८ यूनिट ईभी बेच्न सफल भएको छ ।
बजार हिस्साका आधारमा बीवाईडी चौथो स्थानमा छ भने सिट्रोन, बिएमडब्लु र मर्सिडिज क्रमश पाँचौ, छैटौ र साँतौ स्थानमा समेटिएका छन् । आँठौ स्थानमा रहेको हुन्डाइले जनवरीमा ३२१ यूनिट ईभी बिक्री गरेको छ । क्रेटा ईभीको मास डेलिभरी सुरु भएसंगै हुन्डाईले सबै ब्रान्डलाई पछि पार्ने अनुमान गरिएको छ ।
काठमाडौं – नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ र नबिल बैंक...
आर्थिक मन्दीका कारण अहिले बजारमा समग्र उपभोग्य सामग्रीको खपतमा कमी...
टाटा मोटर्सले आज भारतमा टाटा अभिन्या इलेक्ट्रिक कन्सेप्ट सार्वजनिक गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...