परीक्षण क्रममा देखियो मारुतीको पहिलो इलेक्ट्रिक एसयूभी भिटारा, फेस्टिभ सिजनमा लन्च हुने अनुमान

मारुती सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी ई भिटारा परीक्षणको क्रममा देखिएको छ। रिपोर्टका अनुसार सो एसयूभीको परीक्षण हिमाचल प्रदेशको उच्च भूभागमा भइरहेको छ ।

कम्पनीले सो एसयूभीको लन्चिङको विषयमा आधिकारिक रूपमा घोषणा गरेको छैन । तथापि, फेस्टिभ सिजनमा यसको लन्च हुने अनुमान गरिएको छ। नयाँ ई भिटाराको एक्स-शोरूम मूल्य १७ देखि २० लाख भारु हुन सक्ने अनुमान गरिएको छ।

कम्पनीले ई भिटारामा ६१ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध गराउनेछ, जसले एक पटक चार्ज गर्दा ५०० किलोमिटरसम्मको रेन्ज दिनेछ। यसमा प्रयोग गरिएको ब्याट्री १२० लिथियम आयन आधारित सेलबाट बनेको छ, जसलाई अत्यन्त कम वा उच्च तापक्रममा पनि प्रयोग गर्न सकिन्छ।

कम्पनीले सो एसयूभीमा अत्याधुनिक फिचर समावेश गर्नेछ । यसमा थ्री पोइन्ट म्याट्रिक्स रियर लाइट, एम्बियन्ट लाइट, २६.०४ सेमी एमआईडी, फिक्स्ड ग्लास सहितको सनरुफ, वायरलेस चार्जर, नेक्स्ट जेन सुजुकी कनेक्ट, अगाडि भेन्टिलेटेड सिट, १०-वे पावर एडजस्टेबल ड्राइभर सिट, स्लाइडिङ र रिक्लाइनिङ रियर सिट, फ्लेक्सिबल बुट स्पेस, ७ एयरब्याग, ३६० डिग्री क्यामेरा, अगाडि र पछाडि पार्किङ सेन्सर, ईपीबी, ब्रेक होल्ड, लेभल-२ एडास, ५.२ मिटर टर्निङ रेडियस, १८ इन्च अलोय ह्विल, रूफ स्पोइलर, ड्युअल टोन इन्टेरियर, २५.६५ सेमीको इन्फोटेनमेन्ट सिस्टम, हर्मन अडियो सिस्टम, एबीएस, ईबीडी र हिल असिस्ट जस्ता फिचर प्रदान गरिनेछ ।

मारुती सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभीले हुन्डाई क्रेटा इलेक्ट्रिक, टाटा कर्भ ईभी, महिन्द्रा एक्सयूभी ४००, एमजी जेडएस ईभी, एमजी विन्डसर ईभी जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

मारुती–टोयोटाको पहिलो इलेक्ट्रिक एसयूभी लन्च तयारी : सार्वजनिक भयो थप जानकारी

मारुती–टोयोटाको पहिलो इलेक्ट्रिक एसयूभी लन्च तयारी : सार्वजनिक भयो थप जानकारी

मारुती सुजुकी इन्डिया इलेक्ट्रिक भेइकल सेगमेन्टमा प्रवेश गर्ने तयारी...

सुजुकी इर्टिगा र बलेनोमा अब ६ वटा एयरब्याग अनिवार्य, मूल्य १.४ प्रतिशतसम्मले वृद्धि

सुजुकी इर्टिगा र बलेनोमा अब ६ वटा एयरब्याग अनिवार्य, मूल्य १.४ प्रतिशतसम्मले वृद्धि

मारुती सुजुकीले आफ्नो लोकप्रिय कार ईर्टिगा र बलेनोको सबै भेरिएन्टमा ६ वटा...

सुजुकीको थाइल्याण्ड प्लान्ट बन्द हुँदै, यस्तो छ कारण

सुजुकीको थाइल्याण्ड प्लान्ट बन्द हुँदै, यस्तो छ कारण

सुजुकी मोटर थाइल्याण्डले सन् २०२५ को अन्त्यसम्ममा देशमा रहेको आफ्नो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...