देशका यी १० स्थानमा छन् लुयान इलेक्ट्रिक स्कुटरको शोरुम, बिक्री पछिको सेवामा विशेष जोड

लुयान ब्रान्डको इलेक्ट्रिक स्कुटर पछिल्लो समय नेपाली बजारमा लोकप्रिय बनिरहेको छ । सो ब्रान्डलाई आयात गरी कारोबार गर्दै आएको कम्पनी जेरो एमिसन राइड एनले ग्राहकको सुविधालाई मध्यनजर गर्दै देशका विभिन्न स्थानहरुमा शोरुम विस्तार गरिरहेको छ । जसमध्ये कम्पनीले हाल देशका १० स्थानबाट सो ब्रान्डको स्कुटर बिक्री गरी ग्राहकलाई सर्भिस र स्पेयर पार्ट्सको सुविधा समेत उपलब्ध गराउँदै आएको हो ।

लुयानको हाल काठमाडौं उपत्यकामा तीन वटा शोरुम सञ्चालनमा रहेका छन् भने वाहिर चितवनको भरतपुर, दाङको घोराही, जनकपुर, धनगढी, पोखराको नयाँ वजार, झापाको विर्तामोड र सुनसरीको इटहरीमा सेल्स, सर्भिस र स्पेयर पार्ट्स सहितको नेटवर्क विस्तार भएको छ । उपत्यकाको टेकुमा अष्ट अटोमोबाइल, अनामनगरमा क्लिन इनर्जी ईभी प्वाइन्ट र पाटन ललितपुरमा कम्पनीको आफ्नै शोरुम रहेको छ ।

यसैगरी भरतपुरमा वशिष्ट अटो प्रालि, दाङमा ग्रीन इनर्जी ईभी प्वाइन्ट, जनकपुरमा जिनी इन्टरप्राइजेज, धनगढीमा मेरो ग्रीन अटो, पोखरामा सलिना इलेक्ट्रिक बाइक तथा हेल्मेट हाउस, विर्तामोडमा द प्रकाश ट्रेडलिंक र इटहरीमा नवदुर्गा ई भेइकल प्रालिले आधिकारिक डिलरका रुपमा लुयान ब्रान्डलाई बिक्री गर्दै आएका छन् । यी सवै शोरुमबाट बिक्री पछिको सेवा समेत उपलब्ध हुने हुँदा ग्राहकलाई लुयान ब्रान्डमा निर्धक्क हुने वातावरण सिर्जना भएको कम्पनी स्रोतले बताएको छ ।

‘नेपालमा इलेक्ट्रिक टु ह्लिरले बजार लिन नसक्नुका पछाडि विक्री पछिको सेवामा उचित ध्यान दिन नसक्नु रहेको हामीले पाएका छौ । सोही कुरालाई मध्यनजर गर्दै हामीले बिक्री सँगसँंगै सर्भिस र स्पेयर पार्ट्समा पनि विशेष जोड दिएका छौ । जसका कारण हालसम्म हामीले बिक्री गरेका कुनै पनि स्कुटरमा स्पेयर पार्ट्स र सर्भिस नपाएको भनेर ग्राहकले गुनासो गर्नु परेको छैन ।

अटोमोबाइल क्षेत्रमा निकै लामो समयदेखि काम गर्दै आएका कारण पनि हामीले बिक्री पछिको सेवाको महत्वलाई राम्रोसँग वुझेका छौ । हामी यो क्षेत्रमा जसरी भएपनि स्कुटर बिक्री गरेर तत्कालै लाभ लिने भन्दा पनि ग्राहकलाई राम्रो प्रोडक्ट र सेवा दिएर विस्तारै स्थापित हुने उद्देश्य राखेर आएका हौ । त्यसैले हाम्रो सवैभन्दा वढी जोड बिक्री पछिको सेवामै रहनेछ’ उक्त स्रोतको भनाइ छ ।

जेरो एमिसनले हाल एमएनके थ्री र एस३० मोडलका स्कुटर आयात गरी बिक्री गर्दै आएको छ । जसमध्ये कम्पनीले एमएनके थ्रीलाई हालसालै थप दुइ नयाँ भेरिएन्ट र नयाँ कलरमा नेपाली बजारमा भित्र्याएको हो । यो स्कुटर कम्पनीको वेस्ट सेलिङ मोडलमा पर्दै आएको छ । अर्को मोडल एस३० फिचरको मामलामा निकै मजवुत स्कुटर रहेको कम्पनीको भनाइ छ । सिंगल चार्जमा ८० देखि १०० किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको सो स्कुटरको मूल्य २ लाख ५४ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्ता छन् एमएनके थ्रीमा उपलब्ध फिचरहरु
यसअघि लिड एसिड ब्याट्रीमा मात्र उपलब्ध एमएनके थ्री अब थप दुई ब्याट्री ग्राफिन र लिथियम आयोन ब्याट्रीमा पनि उपलब्ध रहँदै आएको छ । यसमा प्रयोग हुने लिड एसिड ब्याट्री ७२ भोल्ट ३२ एम्प्यिरको छ भने ग्राफिन ब्याट्री ७२ भोल्ट ३५ एम्पियरको र लिथियम आयोन ब्याट्रीमा ७२ भोल्ट ३२ एम्पियर ब्याट्री उपलब्ध छ ।

फरक ब्याट्री अनुसार माइलेज अर्थात रेन्ज पनि फरक छन् । लिड एसिड ब्याट्रीको ७५ देखि ८५ किलोमिटर छ भने ग्राफिन ब्याट्रीले ९० देखि ११० किलोमिटर र लिथियम आयोन ब्याट्रीले ८५ देखि १०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

लुयानको सो इलेक्ट्रिक स्कुटरमा १ हजार ५ सय वाट क्षमताको आयल कुल्ड हब मोटर जडान गरिएको छ जसलाई ७२ भोल्ट ५५ एम्प्यिरको कन्ट्रोलरको प्रयोगले पिक मोटर पावर २८०० वाटको आउटपुट निकालिएको छ । आयल कुल्ड हब मोटरमा प्रयोग भएको आयलले मोटरको तापक्रम ३० डिग्री सम्म कम गर्न मद्दत गर्दछ । जुन सेगमेन्टकै पहिलो रहेको कम्पनीको दावी छ ।
साथै यी स्कुटरहरुमा एनएफसी सेन्सर कार्डको प्रयोगबाट स्कुटरमा किलेस इन्ट्री र एन्टी थेफ्ट अलार्म संचालन हुने प्रविधि जडान गरिएको छ । साथै सिग्नल लाइट चालु रहेको संकेतको लागि ध्वनी पनि जडान गरिएको कम्पनीले जनाएको छ ।

यो स्कुटरको अगाडि डिस्क र पछाडि चक्कामा सेरामिक ड्रम ब्रेक जडान गरिएको छ । डीआरएल सहितको एलईडी हेडलाइट दिइएको यस स्कुटरको लुक्स एकदमै आकर्षक छ । यसमा जडित टायरले पन्चरको समयमा पनि हब रिमलाई सुरक्षित राख्दछ ।

यसको डिजिटल कन्सोलमा स्पिड र चार्जको सही डिस्प्लेको लागि एसओसी मोड्युल जडान गरिएको कम्पनीले जनाएको छ । यसमा सुरक्षाको लागि अटो ह्विल लक, चाइल्ड लक र मोबाइल चार्जको लागि अलग पोर्ट जस्ता सुबिधा समेत दिइएको छ । यसको लिड एसिड भर्सनलाई १ लाख ७३ हजार ७००, ग्राफेनको १ लाख ८२ हजार ७०० र लिथियम आयोन भर्सनको २ लाख ४० हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

डोङफेङको अफरोड ब्रान्ड एमहिरो सार्वजनिक, लन्च भयो एमहिरो आई

डोङफेङको अफरोड ब्रान्ड एमहिरो सार्वजनिक, लन्च भयो एमहिरो आई

डोङफेङ मोटरले लक्जरी अफरोड ब्रान्डको रुपमा एमहिरो सार्वजनिक गरेको छ ।...

फक्सवागनले सार्वजनिक ग-यो ५२० किमी रेन्ज दिने इलेक्ट्रिक कुपे एसयूभी

फक्सवागनले सार्वजनिक ग-यो ५२० किमी रेन्ज दिने इलेक्ट्रिक कुपे एसयूभी

जर्मन कार निर्माता कम्पनी फक्सवागनले हालै नयाँ इलेक्ट्रिक कुपे एसयूभी...

मोबाइल जस्तो सजिलो छैन विद्युतीय सवारी किन्न : यी ८ कुरामा ध्यान दिनु आवश्यक

मोबाइल जस्तो सजिलो छैन विद्युतीय सवारी किन्न : यी ८ कुरामा ध्यान दिनु आवश्यक

मोबाइल किन्नुजस्तो सजिलो हुँदैन सवारी साधन किन्न । अटोमोबाइल अन्तर्गत अझ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...