डोङफेङको अफरोड ब्रान्ड एमहिरो सार्वजनिक, लन्च भयो एमहिरो आई

डोङफेङ मोटरले लक्जरी अफरोड ब्रान्डको रुपमा एमहिरो सार्वजनिक गरेको छ । केही दिन पहिले दुबईमा सम्पन्न ‘नाइट अफ द इमिरेट्स’ थिमको सो इभेन्टमा फ्ल्यागसिप मोडल एमहिरो आई सार्वजनिक गरियो । एमहिरो आई मोडललाई एमहिरो ९१७ पनि भनिन्छ ।

मिडिल इस्टको लक्जरी भेइकल बजारमार्फत सार्वजनिक गरिएको सो मोडलले डोङफेङ मोटरको इन्टरनेसनल स्टेजमा नयाँ पहुँच स्थापित गर्ने कम्पनीको भनाइ छ ।

एमहिरो आईमा ८०० किलोवाटको पावर र १४०० एनएमको टर्क जेनेरेट गर्ने क्षमता छ । डब्लुएलटीसी अनुसार ७५० किलोमिटर सम्मको रेन्ज दिन सक्ने क्षमता रहेको सो अफरोड भेइकलमा ६५.९ र १४२.७ किलोवाट आवरको ब्याट्री रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स २३० एमएम सम्म छ । यसलाई स्नो, मड, स्यान्ड, रक र वेडिङ मोडमा चलाउन सकिन्छ ।

डोङफेङ मोटरले युएईका साथै मिडिल इस्टका अन्य देश कतार र कुवेतमा समेत एमहिरो ब्रान्ड सार्वजनिक गरिसकेको छ । यी देशमा विभिन्न सेल्स नेटवर्क समेत स्थापना गरिरहेको छ ।

डोङफेङ मोटर अन्तर्गतको नामी ईभीले हाल नेपाली बजारमा राम्रो चर्चा पाइरहेको छ । हालै मात्र नेपाल भित्रिएको डोङफेङ ब्रान्डको नयाँ अफरोड ब्रान्ड समेत भविष्यमा नेपालमा पनि आउने अनुमान गर्न सकिन्छ ।

पछिल्लो समयमा इलेक्ट्रिक कार ब्रान्डहरुले विभिन्न अफरोड मोडल सार्वजनिक गरिरहेका छन् । भविष्यमा अफरोड भेइकलको रुपमा समेत यस्ता मोडलले चर्चा पाउने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

नेपालमा जिकर गाडी वितरणका लागि जिकर र पायोनियर मोटो कर्पबीच सम्झौता

नेपालमा जिकर गाडी वितरणका लागि जिकर र पायोनियर मोटो कर्पबीच सम्झौता

काठमाडौं – चीनको अग्रणी अटोमोबाइल निर्माता गिली ग्रुप अन्तर्गतको...

वीरगन्जमा सार्वजनिक भयो प्रिमियम र स्मार्ट नामी ईभी : बिगह्याच विथ फाइभ स्टार लक्जरी

वीरगन्जमा सार्वजनिक भयो प्रिमियम र स्मार्ट नामी ईभी : बिगह्याच विथ फाइभ स्टार लक्जरी

वीरगन्ज – नेपालमा डोङफेङ ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले मधेस...

चीनमा बनेको बीवाईडीको इलेक्ट्रिक कार बन्यो २०२३ जापान ईभी अफ द इयर

चीनमा बनेको बीवाईडीको इलेक्ट्रिक कार बन्यो २०२३ जापान ईभी अफ द इयर

चीनमा बनेको बीवाईडीको इलेक्ट्रिक कारले सवारी साधन निर्माता कम्पनीहरु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...