डोङफेङको अफरोड ब्रान्ड एमहिरो सार्वजनिक, लन्च भयो एमहिरो आई

डोङफेङ मोटरले लक्जरी अफरोड ब्रान्डको रुपमा एमहिरो सार्वजनिक गरेको छ । केही दिन पहिले दुबईमा सम्पन्न ‘नाइट अफ द इमिरेट्स’ थिमको सो इभेन्टमा फ्ल्यागसिप मोडल एमहिरो आई सार्वजनिक गरियो । एमहिरो आई मोडललाई एमहिरो ९१७ पनि भनिन्छ ।

मिडिल इस्टको लक्जरी भेइकल बजारमार्फत सार्वजनिक गरिएको सो मोडलले डोङफेङ मोटरको इन्टरनेसनल स्टेजमा नयाँ पहुँच स्थापित गर्ने कम्पनीको भनाइ छ ।

एमहिरो आईमा ८०० किलोवाटको पावर र १४०० एनएमको टर्क जेनेरेट गर्ने क्षमता छ । डब्लुएलटीसी अनुसार ७५० किलोमिटर सम्मको रेन्ज दिन सक्ने क्षमता रहेको सो अफरोड भेइकलमा ६५.९ र १४२.७ किलोवाट आवरको ब्याट्री रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स २३० एमएम सम्म छ । यसलाई स्नो, मड, स्यान्ड, रक र वेडिङ मोडमा चलाउन सकिन्छ ।

डोङफेङ मोटरले युएईका साथै मिडिल इस्टका अन्य देश कतार र कुवेतमा समेत एमहिरो ब्रान्ड सार्वजनिक गरिसकेको छ । यी देशमा विभिन्न सेल्स नेटवर्क समेत स्थापना गरिरहेको छ ।

डोङफेङ मोटर अन्तर्गतको नामी ईभीले हाल नेपाली बजारमा राम्रो चर्चा पाइरहेको छ । हालै मात्र नेपाल भित्रिएको डोङफेङ ब्रान्डको नयाँ अफरोड ब्रान्ड समेत भविष्यमा नेपालमा पनि आउने अनुमान गर्न सकिन्छ ।

पछिल्लो समयमा इलेक्ट्रिक कार ब्रान्डहरुले विभिन्न अफरोड मोडल सार्वजनिक गरिरहेका छन् । भविष्यमा अफरोड भेइकलको रुपमा समेत यस्ता मोडलले चर्चा पाउने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट चीनमा सम्पन्न, युएनका पूर्वमहासचिवको पनि सहभागिता

ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट चीनमा सम्पन्न, युएनका पूर्वमहासचिवको पनि सहभागिता

ग्लोबल भिजनको साथ दिगो भविष्य निर्माणका लागि ओमोडा एन्ड जेइको इन्टरनेसनल...

केई एक्सचेन्ज कार्निभलकाे दोस्रो दिनमा थप उत्साहित बने ईभीप्रेमी, थपियो समय

केई एक्सचेन्ज कार्निभलकाे दोस्रो दिनमा थप उत्साहित बने ईभीप्रेमी, थपियो समय

काठमाडाैं । लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सको संयुक्त आयोजनामा केई...

बजार मूल्यमा हुन्डाइलाई उछिन्यो कियाले

बजार मूल्यमा हुन्डाइलाई उछिन्यो कियाले

कियाको बजार मूल्यले सन् २००१ पछि पहिलो पटक हुन्डाईलाई उछिनेको छ । स्टकमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...