२ वर्ष नपुग्दै बजारबाट बिदा भयो पल्सर एन १२५, भारतमा बिक्री बन्द

काठमाडौँ– बजाज अटोले आफ्नो चर्चित इन्ट्री लेभल स्पोर्टी मोटरसाइकल पल्सर एन १२५ को बिक्री भारतमा बन्द गरेको छ । बजारमा व्यावसायिक बिक्री सुरु भएको दुई वर्ष पनि पुरा नहुँदै कम्पनीले यस मोडलको उत्पादन र बिक्री रोक्ने निर्णय लिएको हो ।

अक्टोबर २०२४ मा पहिलो पटक सार्वजनिक गरिएको पल्सर एन १२५ एकदमै नयाँ चेसिसमा आधारित थियो । आफ्नो सेग्मेन्टमा सबैभन्दा उत्कृष्ट पावर–टु–वेट रेसियो भएका कारण यो बाइक राइडरहरूमाझ छोटो समयमै निकै चर्चित बनेको थियो ।

१२५ सीसीको सिंगल सिलिन्डर इन्जिन प्रयोग गरिएको यस मोटरसाइकलले ८,५०० आरपीएममा १२ बीएचपी पावर र ६,००० आरपीएममा ११ एनएम टर्क जेनेरेट गथ्र्यो । साथै यसको तौल समेत जम्मा १२५ किलोग्राम थियो ।

कम तौल र शक्तिशाली इन्जिनको सन्तुलनकै कारण पल्सर एन १२५ आफ्ना प्रतिस्पर्धी बाइकहरूमध्ये सबैभन्दा छिटो गति पकड्ने बाइक बन्न सफल भएको थियो ।

बाइकमा आकर्षक त्रिकोणीय एलईडी हेडल्याम्प, ट्याङ्क एक्सटेन्सन, स्प्लिट सिट र साँघुरो टेल सेक्सन दिइएको थियो ।

बाइकमा एकीकृत स्टार्टर जेनरेटर (आईएसजी, ब्लुटुथ कनेक्टिभिटी प्रदान गर्ने डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, र आधुनिक आवश्यकतालाई ध्यानमा राख्दै यूएसवी चार्जिङ पोर्ट समते उपलब्ध थियो । उत्कृष्ट फिचर्स र बलियो पर्फर्मेन्सका बावजुद बजाजले यस मोडललाई दुई वर्षभित्रै बजारबाट हटाउने निर्णय गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...