फक्सवागनले सार्वजनिक ग-यो ५२० किमी रेन्ज दिने इलेक्ट्रिक कुपे एसयूभी

जर्मन कार निर्माता कम्पनी फक्सवागनले हालै नयाँ इलेक्ट्रिक कुपे एसयूभी फक्सवागन आईडी ५ (ID.5) बजारमा ल्याउने खुलासा गरेको छ । कम्पनीले सो कारको ग्लोबल डेब्यु गरेको छ, जुन अर्को वर्षको मार्च देखि बिक्री शुरु हुनेछ ।

आईडी ५ तीन भेरिएन्ट प्रो, प्रो पर्फमेन्स र टप जीटीएक्समा उपलब्ध हुनेछ । तीनै भेरिएन्टमा ७७ किलोवाट आवरको ब्याट्री प्याक प्रयोग गरिने छ, यद्यपि तीन मोडलको पावर आउटपुट भने फरक हुनेछ ।

प्रो भेरिएन्टको इलेक्ट्रिक मोटरले १७२ बीएचपी पावर जेनेरेट गर्छ भने यसको टप स्पिड १५९ किलोमिटर प्रतिघण्टा हुनेछ । त्यसैगरी प्रो पर्फमेन्सले २०१ बीएचपी र जीटीएक्सले २९५ बीएचपी पावर जेनेरेट गर्छ । जीटीएक्समा ड्युअल इलेक्ट्रिक मोटर लगाइएको छ । प्रो पर्फमेन्सको टप स्पिड १०० र जीटीएक्सको १८० किलोमिटर प्रतिघण्टा हुनेछ ।

फक्सवागन आईडी ५ ले सिंगल चार्जमा अधिकतम ५२० किलोमिटर सम्मको रेन्ज दिन्छ । जीटीएक्स भेरिएन्टले भने ४८९ किलोमिटरको रेन्ज दिने बताइएको छ । कम्पनीले कारको साथ १३५ किलोवाटको फास्ट चार्जिङ सपोर्ट पनि उपलब्ध गराउने छ, जसबाट यसको ब्याट्रीलाई ३० मिनेटमै ० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

फक्सवागन आईडी ५ लाई एमईबी प्लेटफर्ममा बनाइने छ, जुन प्लेटफर्ममा फक्सवागन आईडी ४ समेत बनेको छ । यसको बुट स्पेस ५४९ लिटर हुनेछ । यसलाई एक कुपे एसयूभीको डिजाइन दिइएको छ । यसमा स्लोपिङ रुफ हुनेछ । यसको फ्रन्ट ग्रिलमा भेन्ट दिइएको छ, जुन कुलिङको आवश्यकता अनुसार आफै खुलेर हावालाई भित्र तान्छ । यसमा भएको एरोडाइनामिक डिजाइनले कम ब्याट्री खपतमा पनि धेरै स्पिड लिन सहयोग गर्छ ।

कारको इन्टेरियर धेरै आधुनिक फिचरयुक्त छ । क्याबिनमा ६ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर, १२ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, स्पोर्टी ड्राइभर र फ्रन्ट प्यासेन्जर सिट उपलब्ध छ । त्यसैगरी कारमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, एबीएस, ईबीडी आदि फिचर समेत उपलब्ध छन् ।

यो एक चार सिटर कार हो, जसमा आरामदायी तरिकाले यात्रा गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

इभीमा लम्किसकेको अटोबजार के फेरी फर्किएला त कम्वसनमा ?

इभीमा लम्किसकेको अटोबजार के फेरी फर्किएला त कम्वसनमा ?

विश्व अटो बजार अहिले इभीमय वनिरहेको छ । नेपालको सन्दर्भलाई हेर्ने हो भने...

सरकारले विश्वका १० ठूला विद्युतीय कार उत्पादक कम्पनीलाई नेपाल ल्याउने

सरकारले विश्वका १० ठूला विद्युतीय कार उत्पादक कम्पनीलाई नेपाल ल्याउने

काठमाडौं – सरकारले विश्वका १० ठूला विद्युतीय कार उत्पादक कम्पनीलाई नेपाल...

याडिया प्रिमियम इलेक्ट्रिक स्कुटरमा दशैं अफरः २५ हजार नगद र दुई हेल्मेट तथा २ हजारको फुड भौचर

याडिया प्रिमियम इलेक्ट्रिक स्कुटरमा दशैं अफरः २५ हजार नगद र दुई हेल्मेट तथा २ हजारको फुड भौचर

काठमाडौं – याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...