पुरानो मोडलको तुलनामा यस्ता धेरै फरक फिचर छन् केटीएम आरसी २०० मा
नेपाली बजारमा हालै उपलब्ध केटीएम आरसी २०० फिचरमा पुरानो मोडलको तुलनामा १४...
काठमाडौं – नेपाली बजारमा हाल १५० सीसी भन्दा बढी क्षमताका बाइक भित्र्याउन नपाइने अवस्था छ । सरकारले विदेशी मुद्रा सञ्चिति कम भएको भन्दै आगामी मंसिर २८ सम्मका लागि यी बाइक भित्र्याउन प्रतिबन्ध लगाएको छ ।
यद्यपि बजारमा केही ब्रान्डका केही मोडलका बाइक भने उपलब्ध छन् । ती मध्ये केटीएम ब्रान्ड एक हो । अष्ट्रियन ब्रान्ड केटीएमका २०० देखि ३९० सीसी सम्मका बाइक पहिले उपलब्ध भएकोमा हाल नेपालमा बिक्रीका लागि केही मोडल मात्र उपलब्ध छन् ।
नेपाली बजारमा केटीएम ड्युक २०० को मूल्य ५ लाख ६४ हजार ९ सय, केटीएम ड्युक २५० को मूल्य ७ लाख ८४ हजार ९ सय र केटीएम ड्युक ३९० को मूल्य ९ लाख ९९ हजार रुपैयाँ छ ।
त्यसैगरी केटीएम आरसी २०० को मूल्य ६ लाख ७४ हजार ९ सय र आरसी ३९० को मूल्य ९ लाख ४४ हजार ९ सय रुपैयाँ छ ।
केटीएम २५० एड्भेन्चरको मूल्य ८ लाख १९ हजार ९ सय र केटीएम ३९० एड्भेन्चरको मूल्य १० लाख ८९ हजार ९ सय रुपैयाँ छ ।
यद्यपि हाल नेपाली बजारमा ३९० सीसीका बाइक भने बिक्रीका लागि उपलब्ध छैनन् । नेपाली बजारमा हंसराज हुलासचन्द एन्ड कम्पनीले केटीएमका बाइक आधिकारिक रुपमा बिक्री–वितरण गरिरहेको छ ।
नेपाली बजारमा हालै उपलब्ध केटीएम आरसी २०० फिचरमा पुरानो मोडलको तुलनामा १४...
केटीएमले आफ्नो पोर्टफोलियोमा नयाँ बाइक थपेको छ । कम्पनीले आफ्नो पहिलो...
नेपालीहरुले दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा विभिन्न नयाँ बाइक वा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...